समाज

कोरोना निको भएर ४३ जना डिस्चार्ज

बीरगंजबाट कोरोना निको भएर ४३ जना डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरु सोमबार कोरोना निको भएपछि डिस्चार्ज भएका हुन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एक पत्रकारसहित ४३ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख डा। मदन कुमार उपाध्याय बताए । उपाध्यायले उनीहरुको पछिल्लो दुई...बाँकी

गृहमन्त्रीको जवाफ : जाजरकोटका युवक र रुकुमकी युवती तीन वर्षदेखि प्रेममा थिए

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जाजरकोटका युवक नवराज विक र रुकुमकी मल्ल थरकी युवतीबीच दुई–तीन वर्षदेखि प्रेम रहेको बताएका छन्। जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक रुकुमको चौरजाहरी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी युवतीबीच तीन वर्षदेखि प्रेम रहेको जानकारी गृहमन्त्री थापाले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा...बाँकी

बिहे गर्न गएका लास बनेर फर्किए

जाजरकोट : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँबासीबीच झडप हुँदा बेपत्ता तीन जना युवाको लास फेला परेको छ। अझै ४ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका...बाँकी

बागमती प्रदेशको वजेट अधिवेशन सुरु, पूर्वाधार भन्दा कृषि, र स्वास्थ्य क्षेत्रलाई जोड

सोमवार देखि बागमती प्रदेशसभाको छैठौं सभा तथा वजेट अधिवेशन सुरु भएको छ । अधिकंस प्रदेश सभा सदस्य तथा कर्मचारीहरुको पिसिआर परिक्षण गरिएको भएपनि पिसिआरको रिपोर्ट नआउदै  पुर्बनिर्धारित मितिमै  सभासुरु भएको हो । बागमती प्रदेशको छैठौं अधिवेशनमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रलाई भन्दा कृषि, शिक्षा र स्वास्थ्य...बाँकी

कोरोना संक्रमण फैलिनुमा भारत दोषि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी फैलिनुमा छिमेकी मुलुक भारत दोषि रहेको वताउनु भयो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र विश्व स्वास्थ्य संगठनको नियमको पालना नभएकाले मुलुकमा संक्रमणको दर बढेको...बाँकी

एक सय बढि कोरोना संक्रमित फर्किए घर

नेपालमा कोरोना संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।हालसम्म संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता...बाँकी

८ दिनअघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

वीरगन्ज — वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस स‌ंक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका एक व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । उनको दाहसंस्कार समेत गरिसकिएको छ । ती वृद्धको...बाँकी

रौतहटमा दशगजा मिचेर बाँध बनाउँदै भारत

रौतहट : नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो ९आइतबार० स्थानीयको अवरोधपछि भारतीय पक्षले हाललाई निर्माण कार्य रोकेको...बाँकी