समाज

हेटौंडाको कोरोना संक्रमिक महिलालाई भरतपुर पठाइयो

हेटौंडा :  हेटौँडाकी कोरोना संक्रमित महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ । हेटौडा १ चौकीटोलमा घर भएकी २५ वर्षिय कोरोना संक्रमित महिलालाई उपचारको लागि भरतपुरको कोरोना विशेष अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । संक्रमित महिलाको घरलाई शील गरिएको उहाँले बताउनुभयो । यसका साथै हेटौँडामा...बाँकी

हेटौंडाको चौकीटोलमा एकजनालाई कोरोना पुष्टि

मकवानपुरमा १ जना २५ बर्षीय महिलामा कोरोना पोजेटिभ पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल निवासी महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो।उनको हेटौंडा १० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको हेटौंडा ४ कर्रामा रहेको आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताएका छन्।...बाँकी

हावाहुरीको कारण राक्सिराङका दुईजनाको मृत्यु

मंगलबार दिउँसो आएको हावाहुरीको कारण मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । घरअघिको रुख ढाल्दा राक्सिराङ ५ चैनपुरकी बिरमाया प्रजाको मृत्यु भएको हो । त्यसैगरी राक्सिराङ ३ का वर्ष ६ आयुश मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । यसैगरी मानिकलाल बल, शम्भु सुनार घाईते भएको उनको भनाई रहेको छ...बाँकी

किन थपिँदै छन् उपत्यका छिर्ने एम्बुलेन्स ?

 कोरोना संक्रमणका कारण कतिपय स्वास्थ्य संस्थामा अन्य सेवा असहज हुनु र संक्रमण व्यापक भएका जिल्लाबाट बिरामी रेफर गरिएकाले पनि उपत्यका भित्रिने एम्बुलेन्सको चाप बढेको हो । सार्वजनिक सवारी नचल्दा सामान्य बिरामी पनि एम्बुलेन्स नै चढेर काठमाडौं आएका छन् । काठमाडौँ — ठूला अस्पतालहरू भएकाले देशभरिबाट बिरामी र तिनलाई लिएर एम्बुलेन्स...बाँकी

गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष रहेको र एक जना भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यालयले जनाएको छ । उनीहरू ३६...बाँकी

एक महिनामा झन्डै ५० हजार भित्रिए

 सीमावर्ती भारतीय नाकाहरूबाट स्वदेश छिर्ने नेपालीको संख्यामा उल्लेख वृद्धि भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत ५ देखि १० गतेसम्म सरकारी समन्वयमा मात्रै ३४ हजार ९ सय ३९ नेपाली स्वदेश भित्रिएका छन् । वैशाख १२ देखि जेठ १० गतेसम्म सरकारी समन्वयमा ४८ हजार ३ सय ९८ जना स्वदेश छिरेका छन्...बाँकी

 टिपरको ठक्करबाट प्रहरीको मृत्यु

 गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरी नायब निरीक्षक ४५ वर्षीय निमबहादुर घर्तीको मंगलबार...बाँकी

कोरोना संक्रमित संख्या ६ सय ९४ पुग्यो

नेपालमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ । प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष...बाँकी