समाज

त्रिवि शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना

काठमाडौं : त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ। तर शिक्षण अस्पतालले भने यो सूचनालाई लुकाउने प्रयास गरेको छ। अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई...बाँकी

हेटौंडामा कालोबजारी गर्ने तिनजना पक्राउ

जना कोरोना भाइरस (कोभिड -१९) ले विश्व नै ग्रसित रहेको बेला हेटौंडा बजारमा भने लकडाउन अझै खुकुलो देखिन्छ । सरकारले गरेको लकडाउनको समयमा तरकारीमा कालोबजारी र मासुपसल खोलिएको भन्दै बसपार्कमा खटिएका प्रहरी हवल्दार मुर्तुजा देवानको कमाण्डमा खटिएको प्रहरीले शनिबार तिनजनालाई पक्राउ गरेको हो । मासु पसल खोलन रोक लगाए पनि...बाँकी

कपिलवस्तुमा तीनजनालाई कोरोना, संक्रमितको संख्या २७६

काठमाडौं – कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यसअघि...बाँकी

बागमती प्रदेश सरकारले लकडाउनको कारण बजेट पर्याप्त तयारी गर्न सकिरहेको छैन

हेटौंडा :  आर्थिक वर्ष २०७६÷०७७ नजिक आइरहेको छ। तर सरकार लकडाउनका कारण बजेटको पर्याप्त तयारी गर्न सकिरहेको छैन। बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पर्याप्त तयारी गरे पनि जेठ १ गतेबाट हुनुपर्ने प्रिबजेट छलफल सुरु गर्न सकेको छैन। अर्थ समितिले थाल्यो छलफल बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले...बाँकी

शिक्षकले मासिक तलव नपाए कानुनी बाटो खुला रहने

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २८ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई कानुन व्यवसायी एवम् शिक्षासेवी मदन दाहालले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणको पहिलो...बाँकी

आइसोलेशनका संक्रमितको गुनासो : पिउने पानी छैन, जेलमा बसे जस्तै भयो

जनकपुरधाम :  जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना संक्रमितलाई समयमा पानी समेत उपलब्ध नगराएको बिरामीहरुले गुनासो गरेका छन् । बिरामीलाई मनतातो पानी दिनुपर्नेमा चिसो पानी समेत समयमा उपलब्ध नगराएको बिरामीले गुनासो गरेका हुन् । आइसोलेशनमा बसेका एक बिरामीले भने, ‘हामीलाई तातो पानी खुवाउनुपर्नेमा यहाँ त चिसो पानी समेत समयमा उपलब्ध...बाँकी

जेठ ५ देखि लकडाउनको स्वरुप फेरिने, तीन क्षेत्रमा विभाजन गरिँदै

हङकङ र जापान जाने नेपालीलाई पठाइने काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी...बाँकी

मकवानपुरका एकजना पुरुषमा कोरोना पुष्टि

मकवानपुरका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ । नौ जना कोरोना संक्रमित थपीएसंगै मकवानपुरका ३७ वर्षिय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मकवानपुर घर भएका पुरुषको काठमाण्डौंको टेकु प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको वताइएको छ ।...बाँकी