समाज

महामारीका बेला सगरमाथामा चीनको सक्रियता

बेइजिङ — विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो। महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ–जी नेटवर्क जडान,...बाँकी

पाँचथरमा पनि नेपाली भूमिमा एसएसबीको दाबी

ताप्लेजुङ — पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो । गाउँपालिकाले आहाल कबुलियती वनको आहाल...बाँकी

उपत्यकामा पत्रकार र सुरक्षाकर्मीसहित १० हजारको पिसिआर परीक्षण

काठमाडौं :  उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाएको छ। बिहीबारबाट उपत्यका लकडाउनका बेला घरबाहिर निस्केका, राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीको पिसिआर परीक्षण थालिएको हो। यसका साथै बाहिरबाट उपत्यका छिरेका लगायतको कोरोना परीक्षण अघि बढाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कालिमाटी तरकारी बजारमा...बाँकी

सबैभन्दा धेरै संक्रमित वीरगञ्‍जको नारायणी अस्पतालमा

काठमाडौं :  पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ७५ पुरुष र १५ जना महिलाको त्यहाँ उपचार भइरहेको छ। अस्पतालको आइसोलेसन वार्डमा नअटेर १९ जनालाई सिद्बार्थ स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। कोरोना आशंकितलाई राख्न बनाइएको क्‍वारेन्टाइनलाई सेमी आइसोलेसन बनाएर २० जना संक्रमितलाई बुधबार बेलुका सारिएको हो। नारायणी...बाँकी

त्रिवि शिक्षण अस्पतालका ३८ जना स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

काठमाडौं :  त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्‍न चिकित्सक र नर्ससहित ३८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा उपचाररत कविलवस्तुककी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्‍वारेन्टाइनमा पठाइएको हो। उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने...बाँकी

शिक्षण अस्पतालमा बालिकामा सङ्क्रमण, वार्ड सिल गर्ने तयारी

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले...बाँकी

पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

कावासोती — पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले...बाँकी

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज

काठमाडौं : गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई...बाँकी