समाज

हेटौंडामा जोखिम बढे पनि घटेको छैन भिडभाड

हेटौंडा : मकवानपुरको छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढ्दै जाँदा मकवानपुर पनि उच्च जोखिममा परेको छ। बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा बिहान लकडाउनको कुनै पनि प्रभाव देखिँदैन। जिल्ला समन्वय समितिको नेतृत्वमा बारम्बार कमाण्ड पोष्टको बैठक बसे पनि बिहानको समयमा हुने भिडलाई व्यवस्थापन गर्न सकेको छैन। मकवानपुरमा प्रहरी र प्रशासन तथा हेटौंडा...बाँकी

चितवनका कोरोना संक्रमित आमाछोरा निको भएर घर फर्के

काठमाडौं  : चितवनको भरतपुर कोरोना अस्पतालमा उपचाररत राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिला निको भएर घर फर्किएकी छिन्। परीक्षणका क्रममा छैटौँ पटक कोरोना नेगेटिभ आएपछि उनी घर फर्किएकी हुन्। अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल पुगेकी थिइन्। संक्रमित दुवैको अवस्था सामान्य रहेको र अझै...बाँकी

चन्द्रगिरीमा दुईओटा गाडी र एम्बुलेन्स लुटपाट

 बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाले संचालन गर्दै आएको एम्बुलेन्स विरामी बोकिरहेकै अवस्थामा लुटपाटमा परेको छ । संस्थाद्वारा संचालित प्रदेश ३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्स मंगलबार राती सबा एघार बजे चन्द्रागिरीको सेतो पहरामा लुटपाटमा परेको सहकारी संस्थाका सचिब सुविनभक्त श्रेष्ठले जानकारी दिए । ३ वटा मोबाइल र १८ हजार रुपियाँ नगद लुटेको...बाँकी

हेटौंडाको आइसोलेसनमा रहेका १७ जनाको पिसिआर नेगेटिभ, १० जनाको रिपोर्ट आउन बाँकी

हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कर्राको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका १७ जनाको पिसिआर रिर्पोट नेगेटिभ देखिएको छ । अब आइसोलेसनमा वार्डमा १० जना बाँकी रहेको आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताए । उनीहरु सबैजना मकवानपुर बाहिरका हुन् । उनीहरुको पनि स्वाब परिक्षणको लागि पठाईएको छ ।बाँकी

कपिलवस्तुमा फेरि एकजना थपिएसँगै संक्रमित संख्या २१९ पुग्‍यो

काठमाडौं : नेपालमा फेरि एकजना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित कपिलवस्तु–५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यसअघि मंगलबार मात्र ८३ जना र...बाँकी

भारतीय विस्तारवादको विरोध, ५ पक्राउ

भोजपुर : भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र...बाँकी

धुलिखेलमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म पर्सामा...बाँकी

महाराष्ट्रमा एक हजार भन्दा बढी प्रहरीमा कोरोना संक्रमण

काठमाडौं : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३० गते मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने...बाँकी