समाज

बागलुङबाट यसरी गएका थिए पर्साका १४ संक्रमित

बागलुङ  : जिल्लाबाट घर गएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङमा फेरि कोरोना संक्रमणको जोखिम बढेको छ। मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना मध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै बागलुङको गलकोट नगरपालिकाबाट गएको थाहा भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ। यस क्रममा संक्रमित मजदुरको...बाँकी

चुरीयामाई मन्दिर नजिकै सुरक्षाकर्मी तैनाथ

मकवानपुरको चुरीयामाई मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मकवानपुरले हिजो गरेको निर्णय बमोजिम आजबाट उक्त नाका हुदँैसबारीसाधन तथा मानिसहरु हेटौंडा प्रवेश गर्न रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडिएको प्रदेश २ को नाका उक्त क्षेत्रबाट कोरोना संक्रमितहरु हेटौँडा प्रवेश गर्ने संभावना बढेपछि कमाण्ड पोष्टले आजबाट उक्त क्षेत्रमा कडाई...बाँकी

आरोग्य प्रतिष्ठानमा कार्यरत महिलामा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

काठमाडौँ — ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ । मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र...बाँकी

भक्तपुरमा एकजना स्टाफ नर्सलाई कोरोना संक्रमण

भक्तपुर : कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ। संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो। मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसन (निदान अस्पताल) मा कार्यरत स्टाफ नर्स भएको खुलेको हो। सुनसरीको रामधुनी नगरपालिका...बाँकी

दुई संक्रमित भेटिएपछि दुवाकोट र शंखधर चोक क्षेत्रमा सिल

भक्तपुर : दुईजना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुवाकोट र नयाँथिमीस्थित शंखधर चोकक्षेत्र सिल गरिएको छ। दुवकोटमा बस्दै आएका सशस्त्र प्रहरीका जवान र नयाँथिमीमा बस्दै आएकी स्टाफ नर्समा मंगलबार राति कोरोना पुष्टि भएपछि दुवै स्थानलाई सिल गरिएको हो। स्थानीय प्रशासनले मध्यपुर थिमि नगरपालिकाको शंखधर चोक क्षेत्र र चाँगुनाराण नगरपालिका–१, दुवाकोट क्षेत्रलाई...बाँकी

भारतीय हस्तक्षेप विरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडाः भारतले नेपालको सुदुरपश्चिमको कालापानी क्षेत्रमा नेपाली भूमी मिचेर सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हटौंडामा आज विरोध प्रदर्शन गरिएको छ । मंगलबार दिउँसो हेटौंडाका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा सक्रिय रहेको युथ अफ हेटौंडा सहित अन्य सामाजिक संघ संस्थामा आवद्ध रहेका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा संयौको...बाँकी

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनमा त्रुटि भए बढुवा नहुने

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २५ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई जिल्ल आयोजना कार्यान्वयन एकाई मकवानपुर प्रमुख बद्री बहादुर पाठकले प्रशिक्षण दिनुभएको हो...बाँकी

संक्रमित बढेसँगै बुटवलको कोरोना अस्पतालमा बेड अभाव

रुपन्देही :  बुटवल धागो कारखानाको भवनमा रहेको कोरोना अस्थायी अस्पतालमा बेड अभाव हुन थालेको छ। मंगलबार एकै दिन रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित भएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको हो। दुई जिल्लामा १७ जना संक्रमित थपिएपछि कोरोना अस्पतालमा बेड अभाव भएको अस्पतालका कन्सलटेण्डा डा। सुदर्शन थापाले...बाँकी