समाज

उखु किसानको छलफलमा झडप, ११ जना घाइते

सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा भइरहेको छलफलमा सोमबार झडप हुँदा ११ जना घाइते भएका छन् । राससका अनुसार छलफलको क्रममा विवाद उत्पन्न हुँदा झडप भएको हो । धनकौल गाउँपालिका ६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री गर्नका लागि लैजाने भन्दै आएका ६ वटा ट्रकलाई स्थानीय...बाँकी

विद्यालय शिक्षा र काव्य विधा प्रशिक्षण सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २४औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपालले प्रशिक्षण दिनुभएको हो । नेपालले मूलुकभर...बाँकी

राहतमा कुहिएको चामल

धनगढी : धनगढी उपमहानगरपालिका–४ बोराडाँडी की मञ्जु नाथ राहत बुझेर घर पुगिन् । २० केजि चामल बुझेर लिएकी नाथले घर पुगेर किरा भेटिएपछि अच्चमित भइन् । ‘चामल खोलेर हेर्दा गनाएको र सेता लामा–लामा किराहरु देखिए’, उनले भनिन् , ‘त्यसपछि चामल फिर्ता गरेको छु ।’ धनगढी उप–महानगरपालिकाले खरिद गरी वितरण गरेको...बाँकी

मान्छेबाट उपेक्षित मजदुर भद्रकाली मन्दिरको शरणमा

शनिबार रातको साढे ११ बजे, चकमन्न आकाशमा बादलका मसिना धर्सा देखिएका छन् । पानी पर्ने छाँट छैन । भद्रकाली मन्दिरको आँगनमा सुतिरहेका छन् पदम तामाङ र उनका भाइ छिरिङ । एक जोर कपडा बोेकेको झोला सिरानी हालेर निदाइरहेका यी दाजुभाइले कार्टुनलाई ओछ्यान बनाएका छन् । मैलो अनि पातलो तन्नाजस्तो च्यादर ओढेका छन् । कोरोना संक्रमणबाट...बाँकी

आन्तरिक विमान कम्पनी : पार्किङ शुल्क छुटको प्रस्ताव

काठमाडौं : नेपाल उड्डयन प्राधिकरणले जहाज तथा हेलिकप्टर पार्किङ गरेबापतको शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरेको छ। प्राधिकरण बोर्डको आन्तरिक गृहकार्यबाट लकडाउन सुरु भएदेखि लकडाउन भरी र आन्तरिक तथा बाह्य उडान खुलेको १ महिनासम्मका लागि पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरिएकोे प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पार्किङसँगै...बाँकी

सरकारले भारतलाई दियो लिपुलेकबारे कूटनीतिक नोट

काठमाडौँ — जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् । परराष्ट्र स्रोतका अनुसार...बाँकी

सशस्त्र प्रहरी लिएर बुधबार सेनाको हेलिकप्टर दार्चुलाको छाङरु जाँदै

काठमाडौँ — बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङ‌रु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए । छाङ‌रुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध...बाँकी

सप्तरीमा पनि भेटिए एकजना कोरोना संक्रमित

काठमाडौं : प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ। असअघि, कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...बाँकी