काठमाडौँ — विश्वविद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगले ४७ करोड रुपैयाँ खर्चने भएको छ । आयोगले अनलाइनमार्फत पठनपाठन गराउन विभिन्न शीर्षकमा ११ वटै विश्वविद्यालयमा उक्त रकम खर्च गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पारेको प्रभावबारे अध्ययन गर्न पनि विश्वविद्यालयहरुलाई ३ करोड रुपैयाँ छुट्टयाइएको छ ।...बाँकी
कपिलवस्तु — सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै बुद्धभूमि...बाँकी
काठमाडौँ — लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने परराष्ट्रमन्त्रीले बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका हुन् । नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने उनको...बाँकी
काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो। कपिलवस्तु यशोधरा गाउँपालिका...बाँकी
काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सीमा अतिक्रमण भएको विषयमा सरकारले सक्रिय रूपमा कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले सीमा मिचेको विषयमा सरकारले लेखेको चिठी ठीक भए पनि यससँगै चालिहाल्नुपर्ने कदम पनि ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा...बाँकी
दलित बालिकालाई बलात्कार गरेर फरार भएका मोरङको मिक्लजुङका एक युवा पक्राउ परेका छन । मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाबाट धिरेन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई नेत्रृत्वको टोलीले २१ वर्षीय मगरलाई पक्राउ गरेको छ । मगरले वैशाख १९ गते राति १४ वर्षीया...बाँकी
ईलाका प्रहरी कार्यालय, मनहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका(६ बस्ने फुलमाया तामाङ छिन् । उनलाई शनिबार राती प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । तामाङले आफनो घर कोठामा लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको...बाँकी