समाज

हेटौंडाको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग

हेटौंडा–४ मा रहेको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग गरिने भएको छ । नेपाल इन्जिनियरर्स एशोसियसन बागमती प्रदेशले रोर्वटिक एशोसियसन अफ नेपालको समन्वयमा आईसोलेसन वार्डलाई रोवर्ट उपलव्ध गराएको हो । आईसोलेसन वार्डमा रहेका सेवा लिईरहेकाहरुलाई रोवर्टकै माध्यमबाट खाना पुर्याउन, उनीहरुसंग संवाद गरी स्वास्थ्य अवस्था जानकारी लिन र सुझाव दिन उपयोगी होस् भन्ने...बाँकी

हेटौंडामा भारतविरुद्ध युवाहरुको प्रदर्शन

हेटौंडामा युवाहरुले सोमबार विहान भारतविरुद्ध प्रदर्शन गरेका छन् । हेटौंडा–४ बुद्ध चोकमा भेला भएर विभिन्न नारा सहितको प्लेकार्ड बोकेर भारत विरुद्ध प्रदर्शन गरेका हुन् । हेटौंडा बजारका विभिन्न क्षेत्रका १० जना युवाहरुले ‘सिमा मिचिएको हो कि बेचिएको हो’, ‘नक्सा तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए...बाँकी

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गर्नुभएको हो । प्रमुख प्रतिपक्षी नेपाली...बाँकी

विद्यार्थी लकडाउनमा : तीन महिनाको शुल्क तिर्न निजी स्कुलको पत्र

काठमाडौं :  विद्यार्थी र अभिभावक कोभिड–१९ भाइरस संक्रमण त्रासका कारण लकडाउनमा बसिरहेको बेला राजधानीको एक निजी स्कुलले अभिभावकसँग पढाई नै नभएको वैशाखसहित आगामी असार महिनासम्मको शुल्क तिर्न ताकेका गरेको छ। लाजिम्पाटस्थित बेस्ट मन्टेश्वरी इलेमेन्टरी स्कुलले अभिभावकलाई शुल्कको बिल पठाउँदै एकैपटक २०७७ साल वैशाखदेखि असारसम्मको शुल्क तिर्न आग्रह गरेको छ। शुल्क...बाँकी

आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने

एसइई, कक्षा ११ र १२ को परीक्षा तयारी नछोड्न आग्रह शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई...बाँकी

अझै केही दिन मौसम खुल्दैन : पूर्वानुमान महाशाखा

नेपालमा हाल बदली अवस्थामा रहेको मौसम अझै केही दिन पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता नेपालको मौसम बदली छ । विगत केही दिनदेखि ठाउँठाउँमा पानी पर्ने र घाम लाग्ने क्रम चलिरहेको छ । ‘पश्चिमी वायुको प्रभावको कारण सोमबार पनि दिउँसो र...बाँकी

सधैंको सीमा विवादभन्दा काँडेतार लगाऔं : माधव नेपाल

काठमाडौँ — नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए । उनले सबै खालका तथ्य र तर्कका...बाँकी

जोखिम भत्तामा ९० प्रतिशत स्वास्थ्यकर्मीलाई नसमेटिएकामा असन्तुष्टि

काठमाडौँ — स्वास्थ्यकर्मीहरूले सरकारद्वारा घोषित जोखिम भत्ता पाउने जनशक्तिमा देशभर अग्रपंक्तिमा खटिइरहेका धेरेजसो चिकित्सक, नर्स, प्राविधिक तथा सरसफाइ कर्मचारी नसमेटिएकामा असन्तुष्टि प्रकट गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनीहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइरालालाई भेटी जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ ले देशभरका स्वास्थ्यकर्मीमध्ये १० प्रतिशतलाई मात्र समेट्ने र...बाँकी