धनकुटा : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका छन्। स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ। निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला...बाँकी
डडेल्धुरा : बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिला रहेकी छन्। उनको मंगलबार बिहान मृत्यु भएको हो। ती महिना मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहितकुमार धानुकले जानकारी दिए। उनले भने, ‘उनको स्वास्थ्य...बाँकी
मलंगवा : सर्लाहीमा एकै दिन सबभन्दा बढी कोरोना भाइरस ९कोभिड(१९० को ३८ संक्रमित फेला परेका छन्। कविलासी नगरपालिकामा ३६ र हरिपुर नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । कविलासीबाट फेला परेका संक्रमितको ११ वर्षदेखि ७५ वर्ष उमेर समूहका छन् । कविलासीमा फेला परेकामा ३३ जना पुरुष र एकजना महिला रहेका...बाँकी
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा एक ११ महिने बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको हो। संक्रमितका आमाबुवा यही जेठ १४ गते धनगढीको गौरीफन्टा नाकाहुँदै कञ्चनपुर आइपुगेका थिए । संक्रमित बालिका बुवाआमासँगै भारतको गुडगाउँबाट नेपाल आएकी हुन् । उनीहरुलाई...बाँकी
हेटौंडाः नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यसको पुष्टि गरेका छन्। देवकोटाका अनुसार सोमबार थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन्। नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन्। कोशी अस्पताल बिराटनगरमा गरिएको...बाँकी
हेटौडा — वाग्मती प्रदेश सरकारले प्रदेशमा रहेका एक हजार पत्रकारहरुको कोरोना बिमा गरिदिने भएको छ । कोरोनाको सक्रमण बढ्दै गएकाले फ्रन्टलाइनमा बसेर संचारकर्म गर्ने पत्रकारहरुलाई एक लाखको कोरोना बिमा गर्न लागिएको हो । वाग्मती प्रदेशमा करिब साढे ५ हजार भन्दाबढी सञ्चारकर्मीहरु रहेका छन । ‘प्रदेश सरकारले फ्रन्टलाइनमा रहेका सञ्चारकर्मीहरुलाई कोरोना...बाँकी
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत यादव थरकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए...बाँकी
स्याङ्जा : भीरकोट नगरपालिका ४ स्थित छाँयाक्षेत्र छाङ्छाङ्दी मन्दिरमा बस्दै आएका एक जेष्ठ नागरिक मृत भेटिएका छन् । मन्दिरको धर्मशालामा बस्दै आएका गोपाल गिरी आइतबार साँझ अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वालिङ नगरपालिका ८ घर भई विगत १६÷१७ वर्षदेखि सोही धर्मशालामा बस्दै आएका करिब ७० वर्षीय...बाँकी