समाज

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो...बाँकी

विरगन्जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा बन्द  हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो।...बाँकी

वीरगन्‍जमा तीनजना भारतीयलाई कोरोना संक्रमणको आशंकापछि नारायणी अस्पतालको आइसोलेसनमा राखियो

  वीरगन्‍ज आसपासका मस्जिदमा बसिरहेका उनीहरु नमुना हेटौंडामा परिक्षण गर्दा शंकास्पद देखिएपछि थप परिक्षणका लागि काठमाडौं पठाइएको छ हेटौंडा — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण...बाँकी

गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चार हजार टेस्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई प्रदान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको चार हजार टेस्ट किट र पाँच सयवटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण ९पिपिई० शुक्रबार प्रदान गरिएको हो । ती सामग्री नेपाल सरकारमार्फत...बाँकी

अछाममा १ सय ११ जनाको कोरोना रिपोर्ट नेगेटिभ

अछाम : अछाममा कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरेका मध्ये सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बयालपाटा,मंगलसेन र कमलबजारमा २ सय २६ जनाको स्वाब संकलन गरिएको थियो । बयालपाटा अस्पतालबाट मंगलबार संकलन गरिएको ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको डाक्टर विकास गौचनले बताए । मंगलबार मंगलसेन नगरपालिकाबाट संकलन गरिएको...बाँकी

भीडभाड नगरी यसरी बाड्ने कि राहत

स्याङ्जा :  कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका ६२७ परिवारलाई आँधीखोला गाउँपालिकाले राहत उपलब्ध गराएको छ । राहत वितरण गर्दा भीडभाड नगर्ने उदेश्यले निश्चित दूरी कायम गर्दै पालिकाले राहत सामाग्री उपलब्ध गराएको हो । गाउँपालिकाभित्रका ६ वटै बडाका श्रमिक, तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको...बाँकी

रोटरी– रोट्याक्टद्धारा सुकौरामा खाद्यान्न वितरण

कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनले समस्यामा परेको दैनिक ज्यालादारी श्रमिकरमजदुरलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ । रोटरी क्लब अफ हेटौंडा र रोट्याक्ट क्लब अफ हेटौंडाको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयको पनि आर्थिक सहयोगमा ७ नम्बर वढा कार्यालयको समन्वयमा...बाँकी

हतारमा लकडाउन खोले स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्। लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन्। जेनेभामा...बाँकी