समाज

सल्यानमा असिनापानीले लाखौँको तरकारीमा क्षति

 सल्यान : शनिबार राति आएको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी नष्ट भएको छ। कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको हो। कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ। आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिनापानीले पूर्णरूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताए। तीन...बाँकी

कोरोनाको संक्रमण रोक्ने रणनीति बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने,...बाँकी

२ किलो चाँदी सहित एकजना पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी सडकखण्डबाट अवैध चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भंसार छलि चोरी पैठारी गरि ल्याएको २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिलिग्राम चाँदीसहित बाग्लुङको जैमिनी नगरपालीका वडा नम्बर ७ बस्ने ३६ वर्षिय कृष्ण रसाईलीलाई पक्राउ गरेको जनाएको छ ।...बाँकी

कोरोना रोकथामबारे तीन तहका सरकार छलफलमा

काठमाडौँ — कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच केहीबेरमा छलफल सुरु हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो। छलफलमा भाग लिन सातै...बाँकी

कानून कार्यान्वयन भएको छैन, खबरदारी गर्नुस् – श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न संचारकर्मीहरुलाई आग्रह गरे । कानून कार्यान्वयन हुन नसक्नुका...बाँकी

चट्याङ लागेर म्याग्दीमा २ को मृत्यु

म्याग्दी- चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सुतिरहेको अवस्थामा उनिहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।उनिहरूको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जनाइएको छ।...बाँकी

हेटौंडा–१७ का स्थानीयद्वारा शिवमका गाडि संचालनमा रोक

हेटौंडा–१७का स्थानियले चुनडाँडामा शिवम् सिमेन्टका गाडी चल्नमा रोक लगाएका छन। हेटौंडा १७ का स्थानीयले आइतबार बिहानैदेखि शिवम्का सवारी चल्न रोक लगाएका हुन। शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका थिए। उनीहरुले शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा...बाँकी

गण्डकी समाज मकवानपुरको अध्यक्षमा ढकाल

गण्डकी समाज मकवानपुरको भेला सम्पन्न भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट मकवानपुरका आई विभिन्न पेशा र व्यवसायमा रहेका गण्डकी प्रदेशबासीहरुको भेला सम्पन्न भएको हो । शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न उक्त भेलाले बुद्धि ढकालको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सचिवमा...बाँकी