३ नम्बर प्रदेशका मुख्यमन्त्री र जर्मनीका राजदुत सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरबिच बिहिबार हेटौंडामा भेटवार्ता भएको छ । भेटमा जर्मनी सरकार र ३ नम्बर प्रदेशबीच प्राविधिक शिक्षाको बिषयमा विशेष छलफल भएको थियो । प्रदेशसङ्ग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो ।...बाँकी
उच्च अदालत पाटनको हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको छ। लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन दिएका थिए। उक्न निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले...बाँकी
सरकारले आन्तरिक उडान गर्दा विमानसम्म गाडी लैजाने सुविधा ६ जना अति विशिष्ट व्यक्ति भिभिआईपी लाई मात्र दिने भएको छ । मन्त्रीहरूले समेत आन्तरिक उडानका क्रममा विमान चढ्न जाँदा गाडी विमानसम्म लगि भीडभाड गर्नेक्रम बढेपछि त्यसलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउन लागिएको हो। प्रमुख ६ जना भिभिआईपीलाई मात्र अब आन्तरिक उडानका...बाँकी
सञ्चारकर्मी रवि लामिछानेले गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भनी आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित अर्का सञ्चारकर्मी युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा...बाँकी
हेटौंडाः मकवानपुर जिल्लामा शैक्षिक सहयोग अक्षयकोष नेपाल नामक संस्था दर्ता भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यकासाथ अक्षयकोषको स्थापना गरिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमा संस्थाको दर्ता गरिएको छ । दर्ता नम्बर १९२८ मा हेटौंडा–२ मा कार्यालय रहने गरि कोष दर्ता गरिएको तदर्थ समितका संयोजक रघुनाथ खुलालले जानकारी...बाँकी
हेटौंडाः समाजवादी पार्टी नेपाल ३ नम्बर प्रदेश अध्यक्षमा हेटौंडाका सोनाम सिं स्याङतान(विजय) चयन भएका छन् ।आज भएको पहिलो अधिवेशनले स्याङतनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै आजकै अधिवेशनले समाजवादी पार्टी राष्ट्रिय तामसालिङ समितिको अध्यक्षमा कृष्ण कुमार घलान चयन भएका छन् । यस्तै नेवा: राष्ट्रिय समिति अध्यक्ष मनरत्न शाक्य, दलित/शिल्पी...बाँकी
हेटौंडा उपमहानगरपालिका १२, हात्तीगौंडामा शनिबार घुम्ती स्वास्थ्य क्लिनिक आयोजना गरिएको छ । युनिलिभर नेपालसँगको साझेदारीमा युवा सेवा समाज(युसेस) मकवानपुरद्वारा आयोजित शिविरमा स्थानीय ८६ जनाले सेवा प्राप्त गरेका छन् । टोल विकास संस्था नगर समन्वय समितिको ब्यवस्थापनमा भएको कार्यक्रममा दाँत सम्बन्धि उपचारको साथैै महिलाहरुको पाठेघर परिक्षण गरिएको थियोे । शिविरमा स्थानीय...बाँकी
हेटौंडाः बक्सिङ मकवानपुरमा दिपेश जोशी चयन भएका छन् । शनिबार भएको आठौं अधिवेशनबाट जोशीको नेतृत्वमा आठ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको कार्य समितिको उपाध्यक्ष उज्वल शर्मा भण्डारी, सचिवमा भाजुरत्न शाक्य, कोषाध्यक्षमा राजन सिल्पकार,सदस्यहरुमा मदन कृष्ण मानन्धर, प्रितम राना मगर, रुपा विडारी र रमा देवकोटा चयन भएको हो ।...बाँकी