समाज

हेटौंडाबाट लाइसेन्सको आवेदन खुल्दै

हेटौंडा : प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ। भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौंडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य...बाँकी

रवि पाँच लाख, युवराज तीन लाख धरौटीमा रिहा

काठमाडौं :पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराज तीन लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो फैसला सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र...बाँकी

प्रदेश ३ संसदमा प्रश्नः राजधानी र नामाकरण खै ?

प्रदेश ३ को प्रदेश सभाको वैठक आज आईतबार बसेको छ । आज बसेको वैठकमा राजधानीको विषय उठेको छ । नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणको विषयमा प्रदेश सरकारलाई प्रश्न गरेका छन् । उनले स्थायी राजधानी र नाम तोक्न बनेको कार्यविधि दराजमा राख्न बनाएको हो ? भन्दै प्रश्न...बाँकी

मकवानपुरमा ६ एमाले र ४ माओवादीलाई स्थानीय तह (नामावली सहित )

हेटौंडाः नेकपा मकवानपुर एकता प्रक्रियालाई स्थानीय तह सम्म टुंगाएको छ । आज आईतबार बिहान बसेको सचिवालयको बैठकले नगर र गाउँपालिकामा पार्टी एकिकरणलाई टुंगाएको हो । बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिवालय सदस्य एकालाल श्रेष्ठले जनाकारी दिएका छन् , बैंठकले नगर र...बाँकी

छ्मछमीको टप ९ मा पुगिन सन्ध्या

हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट ९ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्य आजको नतिजाले नेपालगन्जकि श्रीजन रावल आउट भए सङै हेटौंडाकि सन्ध्या सुरक्षित भएकी हुन । अब उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न...बाँकी

लक्ष्य निर्धारण गरेर काम गर्नुपर्छ: प्रमुख खुलाल

हेटौंडा–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहले लक्ष्य निर्धारण गरेर काम गर्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका–९ द्धारा आयोजित आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको स्वीकृत कार्ययोजना सार्वजनीकीकरण कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले विकासका काम प्रश्स्त गरेको तर, सामाजिक क्षेत्रमा अझै धेरै काम...बाँकी

क्याम्पसको शुल्क वृद्धि प्रति स्ववियुको असहमती

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको प्रशासनले शुल्क बढाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले असहमती जनाएको छ । आज स्ववियु अध्यक्ष कुमार केसिले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीको ढाड सेक्ने गरी शुल्क बढाउने प्रस्तावमा स्वतन्त्र विद्यार्थी युनियनले असहमति जनाउने बताएका हुन् । प्रशासनले भदौ ६ गतेको बैठकमा क्याम्पस घाटामा रहेको भन्दै शुल्क वृद्धि...बाँकी

युवाको विषयमा हेटौंडामा सेमिनार

मकवानपुर: लियो युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले मकवानपुरको हेटौंडामा नेतृत्व विकास तथा समाजप्रति युवाको भुमिका विषयक एक दिने सेमिनार सम्पन्न गरेको छ । युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाको नेतृत्व कायम गर्नको लागि सेमिनारको आयोजना गरिएको कार्यक्रमको संयोजक तथा लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष रुपक कालिराजले...बाँकी