समाज

भीमफेदीमा ४ करोडको गाउँपालिकाको भवनको शिलन्यास

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको भवन शिलन्यास भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले शिलन्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा बोल्द मुख्यमन्त्री पौडेलले विकास निर्माणलाई प्रदेश सरकारले तिव्रता दिएका भन्दै पौडेलले स्थानीय सरकार सफल नभए संघियता नै फेल हुने बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिकाको...बाँकी

रविको विषयमा भोली हेटौंडामा सुनवाई, रविलाई हिरासतमा लिन माग

हेटौंडाः उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता भएको छ । सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलाशका...बाँकी

झापामा प्रशासकीय अधिकृत निवास र सहकारी भवनमा बम विष्फोट

आइतबार राति झापाका दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ । अर्को विस्फोट बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास...बाँकी

फरेष्ट्रिका आदीवासी विद्यार्थी संगठित

विद्यार्थीकावन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय अन्तरगतको दुई क्याम्पसका आदिवासी जनजाति विद्यार्थीको भेलाले तदर्थ कार्यसमिति चयन गरेको छ । शनिवार हेटौंडामा भएको बिद्यार्थीहरुको भेलाले समिर पुन मगरको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रेगिना श्रेष्ठ, सचिवमा सलिना लिम्बु, कोषाध्यक्षमा मनिता थारु, सहसचिवमा दीक्षा...बाँकी

नेफिन हेटौंडामा नयाँ समिति चयन

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) नगर समन्वय परिषद हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग(तमू) तथा सहसचिवहरुमा...बाँकी

छोनाम न्वाँगीमा विदा दिन चेपाङ समुदायको माग

चेपाङ समुदायहरुको महान पर्वको रुपमा रहेको छोनाम न्वाँगी पर्वमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिन पर्ने चेपाङ अगुवाहरुले बताएका छन् । नेपालमै मकवानपुर, धादिङ र चितवन क्षेत्रमा रहेका चेपाङहरुको सम्मानमा सार्वजनिक विदा दिनुपर्ने चेपाङ संघका पुर्व केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्द चेपाङले बताए । उनले चेपाङहरु आर्थिक र...बाँकी

चुरेहिलको पाँचौ साधरण सभा सम्पन्न

हेटौडाको चुरेहिल अस्पताल प्रालिको पाँचौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष गोकर्ण प्रसाद पराजुलिको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्ग प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी विष्टले चुरेहिल अस्पतालले हेटौंडाको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भुमिका खेलेको बताए । त्यस्तै उधोग...बाँकी

कमल थापाको दाबी : प्रदेश ३ को राजधानी हेटौंडा 

हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांँडानै हुने दाबी गरेका छन् । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन् । चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने...बाँकी