समाज

हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, संविधानको कार्यान्वयन गर्ने क्रममा छौं : मुख्यमन्त्री

हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो । बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका...बाँकी

नेकपा बकैयाको सपथ ग्रहण

हेटौंडाः नेकपाको पार्टी एकता पछि मकवानपुर जिल्लामा धमाधम स्थानीय तहहरुमा पनि एकता भइरहेको छ । विहिबार नेकपा बकैयाको सपथ ग्रहण भएको छ । नेकपा मकवानपुर अब पार्टी एकतालाई शसक्त रुपमा तल्लो तह सम्म पु¥याएर एकतालाई पुर्णता दिने नेकपा मकवानपुरका सचिवालय सदस्य एकालाल श्रेष्ठले बताए । पार्टीको नीति र सिद्धान्तको विषयमा...बाँकी

संविधान दिवसको अवसरमा मकवानपुरमा नेकपाको दिपावली(फोटोहरु)

संविधान दिवसको अवसरमा आज साँझ मकवानपुरका विभिन्न स्थानहरुमा दिपावली भएको छ । नेकपा मकवानपुरका जिल्ला कमिटि, स्थानीय तहका कमिटीहरुले दिपावली गरेका छन् । हेर्नुस फोटोहरुबाँकी

एनसेल कर छलीको विषयमा ज्ञापन पत्र

हेटौंडा:   समाजवादी युवा संघ जिल्ला समन्वय समिति, मकवानपुरले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सर्वाेच्च अदालतको बृहत ईजलासले गरेको एनसेल आयकरसम्बन्धि विवादको अन्तिम निर्णयसँगै नेपाल सरकारले पाउनुपर्ने अरबौ रकम बराबरको राजश्व गुमेको भन्दै संघले बुधबार प्रजिअमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र...बाँकी

गणेश थापाले राम मन्दिरलाई १ लाख सहयोग गरे

हेटौंडाः दोस्रो संविधान सभा सदस्य तथा राप्रपाका नेता गणेश थापाले हेटौंडाको एक मन्दिरमा १ लाख दूई हजार सहयोग गरेका छन् । बुधबार हेटौंडा १६ हटियामा निर्माणधीन रामजानाकी मन्दिरलाई थापाको बुवा कर्नेल छत्र बहादुर थापा तथा आमा बिष्णु कुमारी थापाको स्मृतिमा मन्दिर बिकास समितिलाई नगद १ लाख २ हजार सहयोग गरेका...बाँकी

किराँत देवास राईको बाग्मतीमा भव्य कार्यक्रम (फोटो सहित)

मकवानपुरको बाग्मती गाउँपालिकामा भव्यताको साथ किराँत देवास राईहरुले कार्यक्रम गरेका छन् । किराँत देवास राई उत्थान समाज नेपालको १५ औं स्थापना दिवसको अवसरमा गाउँपलिकामा विविध कार्यक्रम भएको हो । कार्यक्रममा देवास राईहरुको परम्परागत नृत्य, झाँकी पनि प्रदर्शन गरेका थिए । किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष अस्मान राईको...बाँकी

पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यहार गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

नेपालगञ्‍ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र  संस्कृति, पर्यटन तथा  नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने  ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि आक्रमण हुनसक्ने’ भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेका थिए।  तर मन्त्री भट्टराईले...बाँकी

बाल दिवसमा मुख्यमन्त्री पौडेलको शुभकामना

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । यो बर्ष “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नारा रहेको छ । मुख्यमन्त्री पौडेलले आईतवार एक सन्देश जारी गर्दै बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुब्र्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत...बाँकी