समाज

मकवानपुरमा कोरोना संक्रमणका कारण एकको मृत्यु

कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको कारण हेटौँडा निवासी एकजनाको निधन भएको छ । निधन हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेल रहेको छ । कोभिड संक्रमित भएपछि उनलाई उपचारको लागि भदौ १७ गते काठमाण्डौँ लगिएको थियो । काठमाण्डौको विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई नर्भिक...बाँकी

सिन्धुपाल्चोक पहिरो : ११ शव भेटिए, अझै २० जना बेपत्ता

बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये आइतबार अपराह्नसम्म ११ जनाको शव फेला परेको छ । अझै २० जना बेपत्ता छन् । शनिबार राति बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार...बाँकी

मकवानपुरमा ७ हजार २४९ जनाको पीसीआर जाँच

मकवानपुर जिल्लामा कोरोना  भाइरस संक्रमणको लक्षण देखिएका र कन्ट्रायक टे«सिङमा परेकाहरुको पीसीआर जाँचको कामलाई तिब्र पारिएको छ । हाल सम्म मकवानपुर जिल्लाका नागरिकको मात्र ७ हजार २ सय ४९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच् गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक...बाँकी

सुनको भाउ कति छ ?

आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिदबिक्रीका लागि निर्धारण गरिएको छ ।...बाँकी

होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ। भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको हो। दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो।...बाँकी

बागमती प्रदेशमाा आज वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। साथै, हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको सम्भाजना रहेका...बाँकी

बागमती प्रदेशमा कोरोनाका कारण १०१ जनाको मृत्यु

बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या १४ हजार ५९७ जना पुगेको छ । प्रदेशमा शनिवार थप ५४४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४ हजार ५९७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६...बाँकी

मकवानपुरमा कोरोना संक्रमित ९६८ जना पुग्यो

मकवानपुरमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको कूल संख्या ९६८ जना पुगेको छ । शनिवार जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीयमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९६८ जना पुगेको बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लामा दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिवार बागमती...बाँकी