अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ। दाङका ‘पत्रकार’ सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको छ। अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ। सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई...बाँकी
मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई फूलै फूलको सहर बनाउने काममा सक्रिय रहेको भन्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई १० किलोको फुलमालाले सम्मान गरिएको छ । रेडियो बुलेटिन तथा सिमलटार टोल विकास सस्थाको संयुक्त आयोजनामा आज हेटौँडाको सिमलटारमा भएको बृक्षारोपण कार्यक्रमको अवसरमा मेयर महतलाई सम्मान गरिएको हो । हेटौँडाको पर्यावरणलाई ध्यान दिँदै हेटौँडालाई...बाँकी
सुन्दरबजार नगरपालिका-९ बेलघारीमा मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । शुक्रबार नदी किनारमा साथीहरुसँग खेल्ने क्रममा खोलाले बगाएको बहिनीको चप्पल छोप्न खोज्दा सात वर्षीया रितु गुरुङलाई मर्स्याङदीले बगाएको हो । सुन्दरबजार नगरपालिका-९ बेलघारीकी नन्दकुमारी गुरुङकी छोरीलाई मर्स्याङ्दीले बगाएको जिल्लाप्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । रितु...बाँकी
नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिका-२ स्थित घट्टेखोलाको बाढीले बगाएर स्थानीय दुई युवक बेपत्ता भएका छन्। बिहीबार बेलुकी बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। तादी गाउँपालिका(२ चिलाउने गाउँका १७ वर्षीय बिनोद तामाङ र १८ वर्षीय देवकृष्ण तामाङ सातबिसेबाट घर फर्किने क्रममा घट्टेखोलाको बाढीमा परेर बेपत्ता भएको जिल्ला...बाँकी
एक आमाले आफ्ना ४ जना नाबालक छोराछोरीलाई विष सेवन गराई हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ। बाराको सवर्ण गाउँपालिका-४, देवापुर चौरहियाका लालबाबु मियाकी पत्नी रुसमा खातुनले आफ्ना ४ जना छोराछोरीहरुलाई भातमा विष खुवाएर फरार भएको परिवारजनले आरोप लगाएका छन्। बिहीबार बिहानै करिब साढे ९ बजेको समयमा खातुनले भात, दाल पकाई त्यसमा विष...बाँकी
सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६र१६ मिटरमात्र भत्काउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवाल गरेका छन् । सडकको दायाँबायाँ १६/१६ मिटर मात्र विस्तार गर्ने हो भने मुआब्जाको दावी नगर्ने र सडक विस्तारको काममा सघाउने उनले बताएका छन् । उनले सडक बिस्तारको काम...बाँकी
रेडियो बुलेटिन एफ़ एम ८९.७ मेगाहर्जको आयोजनामा शुक्रबार हेटौडा उपमहानगरपालिका ११ सिमल्टार टोलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। रेडियो बुलेटिनका निर्देशक अनिलकुमार खातीको सभाध्यक्षता हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको थियो। कार्यक्रममा एक घर एक विरुवा रोपौं भन्ने नारा भएपनि प्रत्यक घरका एक व्यक्तिले एक विरुवा रोप्नुपर्ने...बाँकी
भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला। नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे। भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन...बाँकी