समाज

डडेल्धुराका विभिन्न वडामा तालाबन्दी, तालामाथि शंकास्पद वस्तु

डडेल्धुराका विभिन्न स्थानीय तहका वडामा तालाबन्दी गरिएको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। परशुरामनगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद वस्तु अड्काएर राखिएको सम्बन्धित वडा कार्यालयले...बाँकी

पत्रकार कार्कीमाथिको आक्रमणको युनियनद्वारा भत्सर्ना

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्सर्ना  गरेको छ । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले नै...बाँकी

नेपाल पत्रकार महासंघका अध्यक्ष माथि प्रहरीको कुटपीट, अवस्था गम्भिर

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कनपा ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३०...बाँकी

समय अघि नै निर्माण सक्ने प्यूठानका ठेकेदार बोनससहित सम्मानित

समयमा काम सम्पन्न नगर्ने ठेकेदारका कारण योजनाहरू अलपत्र बनेका खबर देशैभरबाट आइरहेका बेला प्यूठानका एक ठेकेदार समयअगावै काम सकेर सम्मानित भएका छन्। भवन निर्माण  सम्झौताको झण्डै साढे तीन महिना अगावै काम सकेका उनलाई सरकारी निकायले शुक्रबार बोनससहित सम्मान गरेको हो। सरुमारानी गाउँपालिका १ स्थित बांगेशाल स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएका आँशु...बाँकी

बाढीले बगाएर दुई कर्मचारी बेपत्ता, दुई घाइतेको हेलिकप्टरबाट उद्धार

भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । ‘दुई जना सख्त घाइतेको हेलिकप्टरबाट उद्धार गरेर राजधानी लगिएको छ, हराएकाको...बाँकी

बाग्मतीका स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण

बाग्मती : मकवानपुरको बाग्मती गाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परिक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्य चौकी र बेतिनी स्वास्थ्य चौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्य चौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्य चौकीले सेवा सुविधा राम्रो दिएको बताएका थिए । परिक्षणको क्रममा बाग्मती गाउँपालिका...बाँकी

टैंकरबाट हुदैँ आएको तेलको चुहावट अब रोकिने

 पेट्रोलियम पदार्थमा हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन सञ्चालनमा आएको छ । नेपालमा नै पहिलोपटक हेटौंडामा नापतौल विभागले पेट्रोलयम पदार्थमा गुणस्तरियता कायम गर्न टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । एक दिनमा यहाँबाट १५ वटा तेल ट्याङकरको गुणस्तरियता परिक्षण गरिने छ । एक वर्षमा एक पटक...बाँकी

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

 आफनै आमाको हत्या आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका १, चहकाका रिठ्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई प्रहरीले शुक्रबार सार्वजक गरेको हो। बिहीबार साँझ घटनास्थलबाटै पक्राउ परेका जंगबहादुरलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो। जंगबहादुरले आमा ६५ वर्षीया धनमायाको हत्या गरेको प्रारम्भिक...बाँकी