सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते...बाँकी
सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । त्यस्तै, सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार देखिएको...बाँकी
सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ लालझाडी निवासी ७७ वर्षिय कृष्ण प्रसाद पराजुलीको तुइनबाट खसेर आज मृत्यु भएको छ । हेटौंडाको चौकिटोल स्थित रापती खोलामा तुइनको साहारामा ओहोर दोहोर गर्ने क्रममा खसेर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । आज दिउसो तुइनका माध्यमले रापतीखोला पार...बाँकी
हेटौंडा उपमहानगरपालिका १७ चुच्चेखोलामा डुबेर एकजनाको मृत्यु भएको छ । चुच्चेखोला निवासी ५८ वर्षिय राम तिमल्सिनाको चुच्चोखोलामा डुबेर ज्यान गएको हो । उनलाई पहिलेबाट छारेरोग रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाटोमा हिड्दै गर्नेक्रममा खोलामा ढलेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले बताए । उनलाई स्थानियले...बाँकी
हेटौंडा : केही दिन अघि बढुवा भएका सचिव मान बहादुर विकलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छ्न । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो । बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बागमती प्रदेशका प्रमुख...बाँकी
मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।बाँकी
सोमबार बिहानदेखि कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसो पौने पाँच बजेपछि एकतर्फी खुलेको छ । दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए । पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ...बाँकी