गएराति देखि हेटौंडासहित देशभरको विभिन्न स्थानमा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। यसैगरि महाशाखाले देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । साउन...बाँकी
यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अहिले ठूलो...बाँकी
मकवानपुर जिल्लाको पाँचौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समितिको ६२ औं बोर्ड बैठकले पाँचौं जिल्लासभा आगामी २५ गते आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभमा आयोजना...बाँकी
सम्भावित प्राकृतिक विपदको घटनामा तत्काल उद्दार र आवश्यक सहयोगको लागि खटिनको लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले ९ वटै वडामा स्वयम्सेवक परिचालन गरेको छ । प्रत्येक वडामा ५ जनाका दरले ४५ जना स्वयम्सेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई वडामा पठाएको हो । गाउँपालिका कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमपछि उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरी...बाँकी
हेटौंडाका १९ वटै वडाका असक्त, असहाय, विपन्न तथा जेष्ठ नागरिकलाई सहायक सामाग्रि वितरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सबै भन्दा सरुमा आज हेटौंडा २ का असक्तहरुलाई बिभीन्न किसिमका सहायक सामाग्री वितरण गरिएको हो । असक्त बृद्धबृद्धाहरुलाई व्लाङकेट, लौरो, गुन्युचोलो, कमिज सुरुवाल लगायतका सामाग्री वितरण गरिएको मेयर...बाँकी
मकवानपुरमा पछील्लो समयमा कोरोना भाइरस संक्रमितको सख्या दिनहुँ थपीदै गएको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखिएका छन् । समुदाय स्तरमा फैलीएको कोरोना भन्दा पनि विदेशबाट घर फर्किएकाहरुमा कोरोना पोजेटिभ देखिएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले वताउनुभयो । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी
अबिरल वर्षातका कारण मकवानपुरको सबै खोलानाला बढिरहेको छ । हेटौंडा बजारको नजिकबाट बग्ने कर्रा र राप्ती खोलापनि बढ्दै गएको छ भने हेटौंडा बजारका केही स्थान जलमग्न भएका छन ।बाँकी
बागमती प्रदेश सभाको आज बसेको बैठकले एक वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिबाट पारित गरेको हो । उक्त विधेयक सोमवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए । मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमाथि...बाँकी