समाज

मकवानपुर लगायत देशभर आज भारी वर्षा पर्ने

 मकवानपुर सहित देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ​ मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क...बाँकी

हेटौंडाका पशुपालकलाई अनुदान

हेटौंडा उपमहानगरपालिकाले पशुपालनको काममा लाग्ने कृषकलाई प्राथमिकता दिएर काम गरेको छ । किसानका निम्ती धेरै खालका अनुदानका कार्यक्रम गरेको छ । नगरका किसानका निमित्त पशुपालनको क्षेत्रमा मात्र २० किसीमका अनुदानका कार्यक्रम गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । बितेको आर्थिक वर्ष २०७६।०७७ मा पशु पालक किसानका लागि हरेक क्षेत्रमा प्राथमिकताका...बाँकी

उपत्यकामा २० प्रतिशत सार्वजनिक सवारी सञ्‍चालनमा : ट्राफिक प्रहरी

उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आइतबार कुल सार्वजनिक सवारी साधनको करिब २० प्रतिशत सवारी सञ्चालनमा आएका छन् । अघिपछि करिब १ लाख सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा गुड्ने गर्थे । काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार...बाँकी

हेटौंडाका दुई महिलामा कोरोना पुष्टि

हेटौँडा उपमहानगरपालिका कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । यहि क्रममा आज दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज...बाँकी

वाग्मती प्रदेशमा ५२ पटक शीर्षक संशोधन गरी २ अर्ब ३३ करोड रकमान्तर

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा कानुनविपरीत अर्बौं रकम खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५७औं वार्षिक प्रतिवेदनले विभिन्न मन्त्रालय तथा मातहत कार्यालयले मनोमानी रूपमा रकम खर्चिएको देखाएको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयले पुँजीगत बजेट शीर्षकलाई ५२ पटकसम्म संशोधन गरी २ अर्ब ३३ करोड २८ लाख १९...बाँकी

बागमती प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुल्यो

बागमती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्नागर्ने बाटो खुलेको छ । बागमती प्रदेश सभाको आज बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिले पारित गरेसंगै प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । प्रदेश सभा बैठकमा आन्तरिक मामिला...बाँकी

कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५

नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले आइतबार पछिल्लो २४ घन्टामा ५८ जना संक्रमित निको भएर फर्किएको बताएका हुन् । यो संख्या कूल संक्रमितको ६६।२३ प्रतिशत हो ।बाँकी

थप १ सय ५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताएका छन् । थपिएका...बाँकी