थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा आइतबार ४२१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । संक्रमित हुनेमा झापाका...बाँकी
हेटौंडा–४, गर्दोईमा घरमै मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । गत मंगलबार बिहान सुस्मिताको शव भान्छामा भेटिएको थियो । प्रहरीले अनुसन्धानका लागि बिहिबार सुस्मिताका ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई नियन्त्रणमा लिएको छ । घरमै रहेका ससुरा र नन्दले घटनाबारे...बाँकी
हेटौंडा÷ कोरोना भाईरस अर्थात (कोभिड १९) को प्रभाव सवै क्षेत्रमा परेको छ । कोरोना भाईरसका कारणले सरकारले चैत ११ गतेबाट अहिलेसम्म पनि लकडाउन गरेको छ । लकडाउन अहिले कतै कडा छ, कतै खुकुलो छ । सरकारले असार १ गते बाट लकडाउन खुकुलो गर्ने निर्णय गरेपछि हेटौडा बजारमा चहल पहल बढेको...बाँकी
रौतहटमा कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार साँझ थप ४० जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या भने १ हजार ९४ जना पुगेको छ । ति मध्ये अहिले पनि ७ सय २२ जनाको विभिन्न स्थानमा रहेको...बाँकी
आज आइतवार सूर्यग्रहण लागिरहेको छ। यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा लिफ्ट सिचाई आयोजना निर्माण कार्य सुरु भएको छ । वडाको पान्तलेमा लिफ्ट सिचाई आयोजना निर्माण सुरु भएको हो । सिचाई आयोजनाले १०० घर किसानका २५ विघा जमिनलाई सिचाई गर्न पुग्ने बताइएको छ । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सो...बाँकी
कोरोनाको संक्रमणका कारण हेटौँडा ४ कर्रास्थित आइसोशन वार्डमा बसेका एक जना आज डिस्चार्ज भएका छन् । गत जेठ १४ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ निवासी मोतिराम पोखरेल आज डिस्चार्ज भएको कर्रास्थित आइशोलेसन वार्डका इन्चार्ज भोला चौँलागाईले जानकारी दिए । २७ दिनसम्म आइसोलेसन...बाँकी
हेटौडाः भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी–६, स्थित सगरमाथा होटलबाट स्थानिय ठेकेदार दुर्गा लामाबाट १२ हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । त्यस्तै प्रहरी निरीक्षक राय टिफर चालकहरुबाट असुली, जुवाखालबाट...बाँकी