शिक्षा

युवा समिति मकवानपुरद्वारा बक्तृत्वकला प्रतियोगिता आयोजना

जिल्ला युवा समितिको कार्यालय, मकवानपुरद्वार युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका बिषयक बक्तृत्वकला कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालरहेका थिए । जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १६ देखि २४ बर्ष...बाँकी

विद्यार्थी संगठनहरुको ३ दिने शैक्षिक हड्ताल फिर्ता(बिज्ञप्ती सहित)

 नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन् । बिभिन्न शैक्षिक मुद्दाहरु अघि सार्दै उनीहरुले यही असार २०, २१ र २२ गते देशव्यापी शैक्षिक संस्था...बाँकी

चेपाङ बालबालिकालाई पोशाक र ब्याग

मनहरी–४ चिसापानीस्थित चेपाङ प्राविमा अध्ययनरत् सीमान्तकृत चेपाङ बालबालिकालाई पोशाक, शैक्षिक सामग्री र स्कूलव्याग बितरण गरिएको छ । सीसीएस ईटलीको सहयोगमा विकासका लागि सहकार्य नेपाल (हेल्प को.डे.नेपाल) को पहलमा अतिविपन्न चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काले बालबालिकालाई विद्यालय सामग्र हस्तान्तरण गरेका हुन् ।...बाँकी

एसईई नतिजामा झिनो सुधार

२०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । यस वर्ष साधारण तथा प्राविधिक दुवैतर्फका विद्यार्थीको नतिजा एकै साथ प्रकाशित गरिएको छ । विगतका वर्षहरूमा पर्याप्त तयारी नपुग्दा साधारण तर्फका नतिजा सार्वजनिक भएको कम्तीमा एक सातापछि मात्रै प्राविधिक तर्फका विद्यार्थीको नतिजा सार्वजनिक हुँदै आएको थियो ।...बाँकी

एसइइको नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (सईई) को नतिजा आज प्रकाशित गरेको छ । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार...बाँकी

चेपाङ बस्तीमा पहिलो पटक अंग्रेजी माध्यममा पढाई सुरु

मकवानपुरको पश्चिमी गाउँपालिका राक्सिराङमा पहिलो पटक अंग्रेजी माध्यममा पढाई सुरु भएको छ । राक्सिराङ गाउँपालिका–३ पलाँसेस्थित सूर्योदय माविमा अंग्रजी माध्यममा पढाई सुरु भएको हो । कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुलाई कापी र कलम दिएर राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अंग्रेजी कक्षाको उद्घाटन गरेका थिए । राक्सिराङ गाउँपालिकामा पहिलो पटक अंग्रेजी...बाँकी

सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति प्रदान

पालुङ युवा समाजले थाहा नगरपालिका वडा नम्वर २ मा अवस्थित विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्वर्गीय सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयकै सिफारिसमा विद्यार्थीलाई पोशाक एकजोर सहित प्रति विद्यार्थी ३ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गरेको युवा समाजका उपाध्यक्ष संजित...बाँकी

उत्कृष्ट विद्यार्थी तथा ज्येष्ठ नागरिक सम्मानित

मकवानपुरको बागमती गाउँपालिकाले बागमती गाउँपालिकाका एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । एस.ई.ई.मा ए प्लस, ए, बि प्लस ल्याउन सफल जनता माविबाट ५ जना, बागमती मावि १ जना, देवकी मावि २ जना र सुर्य मावि २ जना गरि गाउँपालिका भरिका १० जना विद्यार्थीहरुलाई सम्मान गरेको...बाँकी