भक्तपुर : कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ। संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो। मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसन (निदान अस्पताल) मा कार्यरत स्टाफ नर्स भएको खुलेको हो। सुनसरीको रामधुनी नगरपालिका...बाँकी
भक्तपुर : दुईजना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुवाकोट र नयाँथिमीस्थित शंखधर चोकक्षेत्र सिल गरिएको छ। दुवकोटमा बस्दै आएका सशस्त्र प्रहरीका जवान र नयाँथिमीमा बस्दै आएकी स्टाफ नर्समा मंगलबार राति कोरोना पुष्टि भएपछि दुवै स्थानलाई सिल गरिएको हो। स्थानीय प्रशासनले मध्यपुर थिमि नगरपालिकाको शंखधर चोक क्षेत्र र चाँगुनाराण नगरपालिका–१, दुवाकोट क्षेत्रलाई...बाँकी
रुपन्देही : बुटवल धागो कारखानाको भवनमा रहेको कोरोना अस्थायी अस्पतालमा बेड अभाव हुन थालेको छ। मंगलबार एकै दिन रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित भएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको हो। दुई जिल्लामा १७ जना संक्रमित थपिएपछि कोरोना अस्पतालमा बेड अभाव भएको अस्पतालका कन्सलटेण्डा डा। सुदर्शन थापाले...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीको दरबन्दी थप भएको छ । दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको हो । दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको रिपोर्ट मन्त्रिपरिषद्को बैठकले गत साता स्वीकृत गरेको छ । जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्स्पेक्टर, दुई सइ, तीन हवल्दार र एक...बाँकी
परासी : भारतीय सुरक्षाकर्मीले रोकतोकबिना नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुई देशका नागरिकलाई जहाँको त्यही राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीलाई निर्वाध पठाउने गरेको पाइएको छ । त्यसरी नेपाल आउने केही नेपाली भारतीय सुरक्षाकर्मीकै मिलमतोमा ठगिन...बाँकी
प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो ।...बाँकी
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए । ुयो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय...बाँकी
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो । संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका...बाँकी