आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार, दुई सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा आजबाट जोर–बिजोर लागु गरिएको छ । आज साउन २२...बाँकी
बिहिबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार सुनको मुल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रति तोला एक लाख २ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । यस अघि बुधबार...बाँकी
हेटौँडामा आज पनि दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौँडा १७ हटियाका एकजना प्रहरी तथा हेटौँडा वडा नंबर ६ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।बाँकी
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो ।...बाँकी
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडा उपमहानरपालिकाका १ लाख २५ हजार जनसंख्यालाई पिउने पानी उपलब्ध गराएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिकाका विभिन्न वडामा १८ हजार ५५ धारामार्फत पानी वितरण गरेको खानेपानी व्यवस्थापन वोर्ड हेटौडाका सुचना अधिकारी सन्जय न्यौपानेले बताए । खानेपानी व्यवस्थापन बोर्डले २४ वटा वोरिङ, एउटा सम्ववेल...बाँकी
नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्वारेन्टाइन र बाँकी पर्साका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित...बाँकी
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधsबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् ।...बाँकी
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चार सय पुगेको छ । तीज, गौरा, दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक...बाँकी