स्वास्थ्य र जीवनशैली

मनहरी ज्यामिरेमा सामुदायिक वनको भवन निर्माण सुरु

मनहरी–स्थापनाको २७ बर्षपछि मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहले पक्की भवन निर्माण थालेको छ । ज्यामिरेमा निर्माण हुन लागेको भवन अढाई तलाको रहेको छ । पहिलो बर्ष पहिलो तल्ला ढलान हुने गरी निर्माण थालिएको वन समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मनहरी...बाँकी

कैलाश गाउँपालिकाका एक बालिकालाई मकैबारीमा बलात्कार

कैलाश गाउँपालिका वडा नं ८ मा ६ बर्षीया एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो ।...बाँकी

कक्षा १२ को परीक्षा असोजमा हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने भएको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न...बाँकी

बागमती प्रदेशका ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको कूल संख्या ८ सय ८७ जना पुगेको छ । बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमित व्यक्तिको संख्या ८ सय ८७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार प्रदेशको काठमाडौंका ४ जना र चितवनका एक जना गरी...बाँकी

आजको तपाईको राशिफल

यस्तो छ आजको तपाईको राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्ने छ । मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा०...बाँकी

जो सपनामा पनि घर जलाइएकै देख्छन्

अविरल वर्षा र बाढीपहिरोले चारैतिर वितण्डा मच्चाइरहेका बेला निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी, कुसुमखोलाका चेपाङ समुदायको बिचल्ली भएको छ । घर छाडेर कहीँ निस्कन नसकिने मौसममा घरै खरानी भएपछिको आपत्ले उनीहरूको सातो लिएको छ । पूरै समुदाय तनावमा छन् । आगलागीबाट बिचल्लीमा पर्नेमध्येका एक हुन्– ५१ वर्षीय काजीमान चेपाङ । चितवनको पहाडी गाउँ लोथर...बाँकी

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको...बाँकी

आज मनसुनी वायुको सम्भावना

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू(भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू(भागमा नेपाल नजिक रहेको अवस्था छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ।  साउन...बाँकी