स्वास्थ्य र जीवनशैली

हेटौंडामा कोरोना परीक्षणको लागि १२ हजारभन्दा बढीको स्वाब प्राप्त

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा १२ हजारभन्दा बढीको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको छ । प्रयोगशालामा मंगलवारसम्म १२ हजार १६८ जनाको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रयोगशालामा प्राप्त स्वाबमध्ये अधिकांशको कोरोना परीक्षण भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका...बाँकी

कोरोना संक्रमणबाट एकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी...बाँकी

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन हुने

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्‍चारमन्त्री युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि...बाँकी

साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश रोक

सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते...बाँकी

सवारी साधनमा जोरबिजोर र सरकारी कार्यालयको दुई सिफ्ट हट्यो

सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । त्यस्तै, सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार देखिएको...बाँकी

मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित...बाँकी

हेटौंडामा तुइनबाट खसेर बृद्धको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ लालझाडी निवासी ७७ वर्षिय कृष्ण प्रसाद पराजुलीको तुइनबाट खसेर आज मृत्यु भएको छ । हेटौंडाको चौकिटोल स्थित रापती खोलामा तुइनको साहारामा ओहोर दोहोर गर्ने क्रममा खसेर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । आज दिउसो तुइनका माध्यमले रापतीखोला पार...बाँकी

हेटौंडा १७ चुच्चेखोलामा डुबेर एकको मृत्यु

हेटौंडा उपमहानगरपालिका १७ चुच्चेखोलामा डुबेर एकजनाको मृत्यु भएको छ । चुच्चेखोला निवासी ५८ वर्षिय राम तिमल्सिनाको चुच्चोखोलामा डुबेर ज्यान गएको हो । उनलाई पहिलेबाट छारेरोग रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाटोमा हिड्दै गर्नेक्रममा खोलामा ढलेर उनको मृत्यु भएको  प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले बताए । उनलाई स्थानियले...बाँकी