स्वास्थ्य र जीवनशैली

मकवानपुरको भीमफेदी खोप्लाङमा पहिरो हटाईयो

त्रिभुवन राजपथ अन्तरगत खोप्लाङमा झरेको चट्टान सहितको पहिरो हटाईएको छ । भिमफेदी गाउँपालिका १ खोप्लाङमा गएराती करिब ११ बजे सडक माथीबाट झरेको ठुलो ठुलो चट्टान सहितको पहिरो करिब ८ घण्टापछि हटाईएको हो । प्रहरी र सेनाको सक्रियतामा लोडरले सडकमा झरेको पहिरो हटाइएको हो । पहिरो झरेपछि दुबै तर्फ निक्कै लामो...बाँकी

बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने निर्णय

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पुर्‍याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको...बाँकी

बागमती प्रदेशका मन्त्री र सचिबका विचमा करार संझौता

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा आज करार संझौता गरिएको छ । मन्त्री अरुण प्रसाद नेपाल र सचिब शिब कुमार वाग्लेका विचमा करार संझौता गरिएको हो । एक वर्षको अवधिमा गर्ने कामका विषयमा संझौतामा मन्त्री र सचिवले हत्ताक्षर समेत गरेका छन् ।...बाँकी

बागमती प्रदेशमा एकैचोटी ३२ वटा पुलको उद्घाटन

बागमती प्रदेश सरकारले आज एकै पटक ३२ वटा पुलको हेटौंडाबाट उद्घाटन् गरिएको छ । ३२ वटा पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलबाट उद्घाटन् गर्नुभएको हो । चालु आर्थिक वर्षमा अरु एक सय वटा पुल निर्माण सक्ने तयराी गरिएको छ । संघीय सरकारबाट प्रदेशलाई...बाँकी

२४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज

नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । सोही अवधिमा २०७ जना डिस्चार्ज भएको...बाँकी

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, यातायात अवरुद्ध

नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको छ । पहिरोका कारण यातायता ठप्प भएको छ । नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुल नजिक मंगलबार राति खसेको पहिरो तस्बिर सौजन्य स् चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय । सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो...बाँकी

स्याङ्जाको गल्याङमा पहिरोले घर पुरियो : आमाको मृत्यु, छोरी घाइते

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् । घाइते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारी जानकारी दिए । उनका अनुसार भिरालो जमिन, घर भन्दा...बाँकी

बागमती प्रदेशमा हालसम्म ८८२ जनामा कोरोना संक्रमण

 बागमती प्रदेशमा हिजो एक दिनमा १८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा कोरोना संक्रमितको दर निकै घटेको छ । हाल सम्म ८ सय ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा...बाँकी