स्वास्थ्य र जीवनशैली

मकवानपुरका धिताल परिवार सवारी दुर्घटनामा छोराको पनि मृत्यु

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार गाडी दुर्घटनामा आज बिहान १७ वर्षिय अनुज धितालको पनि मृत्यु भएको छ । चितवनको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा कृष्ण धितालका छोराको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो । हिजो देखिनै बेहोस...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित बढ्दो

वाग्मती प्रदेशमा सोमबार मात्रै थप ९५ जनामा कोरोना देखिएको छ । परीक्षण तीव्र पारिएसँगै यहाँ संक्रमित संख्या पनि बढ्न थालेको हो । हालसम्म प्रदेशभर ४ सय ७ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तीमध्ये १ सय १६ जना निको भइसकेका छन् । मन्त्रालयका सूचना अधिकारी...बाँकी

घरबहालमा ५० प्रतिशत छुटको माग

हेटौंडाः घर बहाल सरोकार महासंघ नेपाल मकवानपुरले घरबहाल, घरबहाल कर लगायत विषयहरुमा आफनो माग राख्दै हेटौंडामा पत्रकार सम्मेलन गरेको छ । महासंघ नेपाल मकवानपुरले घरबहाल, बैङ्कको ब्याज, घरबहाल कर, आयकरमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेका छन् । घरबेटी व्यवसायीहरु नङ र मासु भए झै एकलले अर्कालाई परेको बेलामा सहयोग...बाँकी

कोरोना संक्रमित १३ हजार नाघ्यो

सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १३ हजार २४८ पुगेको बताएका छन् ।बाँकी

बागमती प्रदेश सभा अवरुद्ध

हेटौंडा : बागमती प्रदेश सभामा अवरुद्ध भएको छ । सरकारले बजेट ल्याउने विषयमा एकलौटी र हावादारी ल्याएको तथा कोरोना उपचार कोषमा रहेको रकम खर्चको सार्वजनिक नगरे सम्म संसद अवरुद्ध हुने भने सँगै बागमती प्रदेश सभा अवरुद्ध भएको हो । बागमती प्रदेश सभाको बैठकमा दिउँसो ३ बजे आर्थिक मामिला तथा योजना...बाँकी

जिससले थाहानगरपालिकाको अनुगमन

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको थाहा नगरपालिकालाई कृषि र पर्यटन क्षेत्रमा केन्द्रित भएर रोजगारमुखि कार्यक्रमहरु संचालन गर्न सुझाव दिएको छ । आईतबार जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा प्रमुख खुलालले कृषि र पर्यटन क्षेत्रको प्रचुर संभावना भएकाले त्यसमै केन्द्रित भएर कार्यक्रमहरु संचालन गर्न सुझाव...बाँकी

इन्द्रसरोवर गाउँपालिकालाई अटोमेटिक ह्यान्ड वास हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी उपशाखा फाखेलले इन्द्रसरोवर गाउँपालिकालाई अटोमेटिक ह्यान्ड वास हस्तान्तरण गरेको छ । आइतबार इन्द्रसरोवर गाउँपालिकाको कार्यालय खानीखेतमा एक औपचारिक कार्यक्रमका बिच हात धुने अटोमेटिक ह्यान्ड वास स्थापना गरि गाउँपालिकालाई प्रदान गरेको हो । प्रविधिको विकास सँगै धारामा कसैले पनि नछोई सुरक्षित रुपमा हात धुन सक्ने एडभान्स प्रणाली सहितको...बाँकी

कोरोना संक्रमितको कारण एकजनाको मृत्यु

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले अनलाइनखबरलाई बताए । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा...बाँकी