विविध

प्रेम बर्जित देशमा…

म कामीसँग गएर त चोखिएँ । तैंले यो सार्कीलाई छोड्न सक्दिनस् ? पख तिमीहरूलाई माटोमुनि गए पनि छोड्दिनँ ।’ केटीलाई उसकी फुपूले पुलिस चौकीभित्रै धम्की दिई । केटीले सिन्दूर र पोते लगाएकी थिई । उसले पोते चुँडाई । सिन्दूर पुछिदिई । पुलिसले केही भनेन । केटीले जान मानेकी थिइन । जबर्जस्ती तानेर लगे । पर पुग्दासम्म केटी रोइरही । केही हुँदैन...बाँकी

काठमाडौंका दुई हजार ४४९ व्यापारीहरु कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही...बाँकी

 लोकसेवा विज्ञापन खारेजीको माग गर्दै राजधानीमा प्रर्दशन

समावेशी समानुपातिक सिद्वान्तको भावना र मर्म विपरित प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गरिएको छ । अखिल नेपाल आदिबासी जनजाति महासंघ, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल र पहिचानमा आधारित संघीय गठबन्धनले आज राजधानीमा उक्त बिज्ञापन खारेजीको माग गरेका छन । असमावेशी विज्ञापन खारेज गर, संवैधानिक अधिकार सुनिश्चित गर,...बाँकी

यार्सा संकलनको क्रममा लेक लागेर एक युवकको मृत्यु

यार्सा संकलनमा गएका पातारासि गाउँपालिका-५ का एक युवकको लेख लागेर मृत्यु भएको छ। मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँको रिमार पाटन क्षेत्रमा यार्सा संकलनमा गएका पातारासी गाउँपालिका-५ का ३२ वर्षीय नन्दबहादुर बुढालाई लेख लागेर बिरामी भएपछि उपचारका लागि पाटनबाट ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। लेख लागेपछि उनीसँगै गएका उनका साथीहरुले...बाँकी

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरुः पहिलो चरणमा ७ सयलाई रोजगारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’...बाँकी

बौद्धबाट गोली प्रहार गरी छिरिङ प्रहरीको नियन्त्रणमा

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ । उनको दाहिने खुट्टामा गोली लागेको छ। महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन्। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार...बाँकी

काठमाडौंमा लुटपाटको आतंक मच्चाउने गिरोह पक्राउ

 काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज, विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यका र इलामबाट पक्राउ गरेको हो। पछिल्लो समय जेठ ४ गते दिउँसो १२ बजेर ४५...बाँकी

२ हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले दुई हजार घुससहित रंगेहात पक्राउ गरेको छ। कार्यालयका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट बिहीबार नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन...बाँकी