राजनीति

 प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने

 प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ । अब...बाँकी

कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने

 नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो । प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई...बाँकी

सीतासँग दोस्रो पटक विवाह गर्दै प्रचण्ड

 नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा...बाँकी

सरकारलाई महतोको प्रश्न – के भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ?

राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै सरकारले भाङ खाएर लेखेको हो ? भनी प्रश्न गरेका छन् । उनले नीति तथा कार्यक्रममा संविधानमा कुनै पनि विमती नरहेको उल्लेख भएको प्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका थिए। हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती...बाँकी

यस्ता छन् सरकारका नीति तथा कार्यक्रम

 सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । यस्ता छन् नीति तथा कार्यक्रमहरु : एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ। आगामी आर्थिक वर्षबाट २५ वर्षे दLर्घकालिन सोच सहित पन्ध्रौं योजना लागू गर्ने...बाँकी

मकवानपुर गढीको झण्डाको विजोग

 देशकै ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी दरबारको झण्डा च्यातिएको छ । विगत केहि समय देखि झण्डा च्यातिएता पनि सथानीय वडाध्यक्ष र गाउँपालिकाको ध्यान नपुग्दा झण्डा फेरिन सकेको छैन । [caption id="attachment_17029" align="alignnone" width="720"] च्यातिएको झण्डा मुनि मकवानपुर गढी दरबारमा फोटो खिचाउँदै संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे,३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,...बाँकी

प्रदेशले कैद तोक्न नपाउने

      काठमाडौँ — संघ (केन्द्र)सरकारले अपराधको अनुसन्धान र दण्ड, सजाय निर्धारणमा प्रदेशको भूमिका खुम्च्याउने प्रयत्न थालेको छ । कैद सजाय हुने कुनै पनि विषयमा प्रदेशले कानुन बनाउन नपाउने संघको प्रस्ताव छ । सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी विधेयकमा फौजदारी कसुरका रूपमा कायम हुने विषयलाई संघमातहत राखिएको...बाँकी

समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणको तयारी

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरणको तयारी सुरु भएको छ। वैशाखभित्र एकीकरण गर्ने गृहकार्य भइरहेको दुवै पार्टीका नेताहरूले जनाए। संघीय फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा गरी सरप्राइज दिने तयारी भएको स्रोतको भनाइ छ। पार्टी एकीकरणको विषयमा निर्णय गर्न फोरमले वैशाख २१ गते केन्दीय समितिको...बाँकी