राजनीति

नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो, ज्ञानेन्द्रलाई छैन निम्तो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपा स्थायी कमिटीका...बाँकी

नगर प्रमुखले मनाए बालगृहमा दशैँ

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो । विसं २०५९ सालमा स्थापना भएको...बाँकी

हेटौँडालाई स्थायी राजधानी बनाउन माग

मकवानपुरको हेटौँडामा स्थायी राजधानी राख्नका लागि आवश्यक पर्याप्त पूर्वाधार, स्वच्छ वातावरण भएकाले राजनीतिक विवादभन्दा माथि उठेर ३ नं प्रदेशसभाका सदस्य, केन्द्रीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । मकवानपुर जिल्ला समन्वय समितिको आज यहाँ सम्पन्न भएको तेस्रो जिल्ला सभा भेलाले सर्वसम्मतरुपमा हेटौँडामा स्थायी राजधानी राख्ने निर्णय गरेको...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी कायम गराउन काठमाडौं छिरे मकवानपुरे सांसद

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न माग गर्दैै मकवानपुरका नेकपाका नेताहरु काठमाडौंमा पुगेको समाचारलाई प्रमुखताका साथ छापेको छ । पार्टीका शीर्ष नेतालाई भेट्न मकवानपुरका जनप्रतिनिधि काठमाडौं पुगेका हुन् । मकवानपुरबाट निर्वाचित...बाँकी

शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री...बाँकी

रामनारायणले भने : हेटौंडाबाट राजधानी फुत्किन सक्छ

  राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले प्रदेश तीनको राजधानी हेटौंडाबाट बाहिर जान सक्ने संभावना रहेको बताएका छन्। मकवानपुरे समाज काठमाण्डौले बिजया दशमी तथा दिपावली,छठपर्बको अबसरमा आयोजित कार्यक्रममा बोल्दै मकवानपुरे समाजका प्रमुख सल्लाहाकार एबं राष्ट्रिय सभाका सांसद तथा प्रत्योजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितीका सभापती रामनारायण विडारीले काठमाण्डौमा रहेर मकवानपुरहरुले कर्म...बाँकी

प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय

काठमाडौं - केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा...बाँकी

कांग्रेस नेता चक्र बास्तोलाको निधन

कांग्रेस नेता चक्र बास्तोलाको शनिबार राति निधन भएको छ। ७४ वर्षीय बास्तोलालाई शनिबार १२ बजे तिर न्युरो अस्पताल लगिएको थियो। अस्पतालले उनलाई दिउँसो ४ बजे डिस्चार्ज गरेकाे थियाे । अस्पतालले उनी अब बाच्न नसक्ने जनाए पछि परिवारले सातदोबाटोस्थित उनको निवासमा लगेका थिए । निवासमै बास्तोलाको शनिबार राति ९ : २० मा निधन...बाँकी