राजनीति

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोलाई,श्रृृङ्खला खतिवडा अन्तिम १२ बाट बाहिरिन्

चीनको सान्यमा सम्पन्न मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ। ६८ औं मिस वर्ल्डको ताज मेक्सिकोका लागि भेनेसा पोन्स डी लिओनले पहिरिएकी हुन् । २६ वर्षिया मिस मेक्सिको भेनेसाले बेलारूस, यूगाण्डा, जमाइका  तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको,...बाँकी

नागरिकता विधेयकले राष्ट्रघातको संभावना बढ्यो : भण्डारी

सामजिक अभियान्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको नागरिकता विधेयक २०७५ मा गम्भिर क्रृरुटिहरु रहेको र यसले राष्ट्रघातको खतरा रहेको भन्दै उच्च स्तरीय न्यायिक अधिकार सम्पन्न छानविन...बाँकी

प्रदेश तीनको राजधानी हेटौंडा नै कायम हुने

तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आज हेटौंडामा आयोजना गरेको सर्बदलीय बैठककमा प्रदेशसभा प्रतिनिधित्व गर्ने साझा विवेकशिल पार्टी बाहेक अन्य पार्टीका नेताहरुले हेटौंडाको लागि सहमति जनाएको स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिका सभापति दिपक निरौलाले जानकारी दिए । बैठकमा मुख्यमन्त्री तथा नेकपा...बाँकी

‘प्रधानमन्त्रीज्यू, तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो !’

विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरिएको सम्मानको आलोचना गरेका छन् । प्रधानमन्त्रीको घाँटीमा झुण्डिएको सम्मान नभइ अपमान भएको मिश्रको तर्क छ । प्रधानमन्त्रीले धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ? भन्दै मिश्रले प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस...बाँकी

देश बनाउने काम तीन तहका सरकारको हो – अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने...बाँकी

निर्मलाको हत्यारा हामी सार्वजनिक गर्छौ : नेकपा बिप्लव

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ४ महिना बितिसक्दा समेत सरकारले दोषीलाई पक्राउ नगरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज हेटौंडामा प्रर्दशन गरेको छ । हेटौंडाको फरेष्टि क्याम्पस अगाडिबाट निकालिएको र्याली मेनरोड हुँदै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा...बाँकी

किन बन्दैछ सरकार एनजीओको खेलौना ?

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नामको विवादास्पद संस्थाले काठमाडौँमा आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताले नेपालको संविधानको उल्लङ्घन गरेको छ । दक्षिण कोरियाका क्रिस्चियन सन म्यङ मुनले शान्तिको नाममा धर्मप्रचार हेतु स्थापना गरेको यूपीएफले संसारभरि धर्म परिवर्तन गराउने भूमिका खेलेर बद्नाम छ । नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक समिटमा मुनकी...बाँकी

स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री अब विद्युतीय जीपमा सरर

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–काठमडौं रुटमा सञ्चालन हुने सुमो जोर बिजोर प्रणालीमा चल्ने, फेसबुक दुरुपयोगले महिलामा परेको पीडा, मुख्यमन्त्री विद्युतीय रेलमा चढ्ने, राजनीतिमा युवालाई प्रयोग मात्र गरिएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको भनाइलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन...बाँकी