राजनीति

मंसीर ८ गते सार्वजनिक हुँदैछन् विप्लव, वैद्यलाई निम्तो

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशका मन्त्रीहरु उद्घाटनमै व्यस्त, कानुन निर्माण अस्तव्यस्त

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजका हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशका मन्त्री तथा मुख्यमन्त्री कार्यक्रम उद्घाटनमै व्यस्त भएर कानुन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ । कानुन निर्माणमा ढिलाई भएकोमा सर्वत्र आलोचना सुरु भएके छ । दक्ष कर्मचारीको...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश ३ को राजधानीको टुङ्गो तिहारपछि

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले स्थानीयको अवरोधको कारण प्रशारण लाइन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ । पाँच वर्षअघि ठेक्का सम्झौता भएको हेटौंडा– सुनसरी प्रसारण लाइनको निर्माणका लागि सरकारले तदारुकता देखाएको छ । २०१३ फेब्रुअरी ३ मा ठेक्का...बाँकी

प्रदेश ३ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

प्रदेश नम्बर ३ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयको आयोजना एवं ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयोजनमा हेटौँडामा एक कार्यक्रमकाबीच आइतबारबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सरकार एक्लैले सबै काम गर्न नसक्ने भएकाले शान्ति सुरक्षा...बाँकी

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

काठमाडौं - क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५०...बाँकी

अब लाइसेन्स लिन ८ कक्षा पास हुनुपर्ने

हेटौँडा–प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक...बाँकी

डोजरले पाल्दैछ जनप्रतिनिधि

डोल्पा - नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको...बाँकी

प्रदेश ३ मा अझै ६५ कानुन बनाउन बाँकी

तीन नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षलाई कानुन निर्माण वर्ष भनेपनि कानुन निर्माणले गति लिन सकेको छैन । प्रदेश सरकारलाई आवश्यक एकसय कानुन मध्ये हालसम्म ६५ कानुनको मस्यौदा निर्माणको समेत थालनी भएको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतले १९ वटा विधेयक प्रदेशसभाले पारित गरेर...बाँकी