प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेका छन् । आजका स्थानीय पत्रिकाले प्रदेश मन्त्रीका सिम्पल लाइफस्टाइल, आन्दालनबाट समस्याको समाधान हुने दिन गए,क्रसर उद्योगलाई मापदण्डमा रहन मुख्यमन्त्रीको निर्देशन, मानवीय सेवामा समर्पित हुन प्रदेश मन्त्रीको आग्रहलगायतका समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । प्रदेश मन्त्रीको सिम्पल लाइफस्टाइल हामी मन्त्री...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले क्रसर उद्योगहरुले प्रकृतिमाथि ज्यादती गरेको भन्दै मापदण्डभित्र आउनुपर्ने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रलायको आयोजनामा आज मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले क्रसर उद्योगको लापरबाहि र मनपरी भएको भन्दै यसको लागि प्रदेश सरकारले तय गरेको मापदण्डमा रहन निर्देशन...बाँकी
नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सर्वाेच्च अदालत परिसरबाट भुजेललाई पक्राउ गरेको हो । भुजेललार्इ पुनः पक्राउ गर्नुकाे कारण कुनै पनि खुलार्इएकाे छैन । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधिस् द्वय प्रकाशमानसिंह राउत र शारदा प्रसाद घिमिरेले संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थिए...बाँकी
बिहीबार राति हेटौंडा ल्याइएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङ लगिएको छ । भोजपुरबाट हेटौंडा ल्याई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएका प्रकाण्डलाई शुक्रबार बिहान दाङ लगिएको हो । श्रोतका अनुसार जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिएपनि पक्राउ परेका प्रकाण्डलाई दाङ लैजादै गर्दा हेटौंडामा राखिएको...बाँकी
प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रिय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । नजिकबाट उनीहरूका पछिल्ला गतिविधि नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । ‘ भोट दिएर शक्ति र सत्तामा पु¥याइयो तर त्यो अवसर बाँदरलाई लिस्नो जस्तो भयो’–प्रदेश नं ३ का एक सर्वसाधारणले गुनोसो पोख्दै भने –‘मन्त्री हुँदा गुलिया भाषण गरेर चर्का आश्वासन...बाँकी
पटक पटक सर्बोच्च अदालतको आदेश अवज्ञा गरी पक्राउमा परेका नेत्रविक्रम चन्द (‘विप्लव) नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘(प्रकाण्ड) लाई प्रहरीले बिहीबार राति हेटौंडा ल्याएको छ । यद्यपी उनलाई राति नै मकवानपुर जिल्लाबाट अन्त लैजाने संभावना रहेको बुझिएको छ ।भोजपुरबाट उनलाई हेटौंडा ल्याइएको हो । जिल्ला अदालत भोजपुरमा थुनछेक...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण...बाँकी