राजनीति

छविलाल पौडेल रिहा

 चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएसँगै मुख्य आरोपी भनिएका छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् । गत असार २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेलले आइतबार सफाइ पाएपछि सोमबार रिहा भएका हुन् । उनी पुर्पक्षका लागि थुनामा थिए।  त्यसको...बाँकी

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट

देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बिहीबार पोखरामा भेला भएका थिए । प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा...बाँकी

स्थानीय पत्रपत्रिकाः गाउँका सिंहदरबारमै छैनन् सचिव, खेती गर्ने घट्दो, रासायनिक मलको प्रयोग बढ्दो

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । मकवानपुरका ३६ वटा वडा सचिवबिहीन, स्कुल स्कुलमा जनचेतनामुलक कार्यक्रम, खेती गर्ने घट्दो रासायनिक मलको प्रयोग बढ्दो, समयमै पुल बनाउन युवाहरुको चेतावनीलगायतका समाचार आजको स्थानीय पत्रिकाले प्रमुखताका साथ छापेका छन् । ‘गाउँका सिंहदरबार’ सचिवबिहीन स्थानीय तहको...बाँकी

फुजेल घटनाका १२ प्रतिवादीलाई सफाइ

 गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव...बाँकी

रोल्पामा गोली प्रहार : तरुण दल अध्यक्षको मृत्यु

रोल्पाको सुलिचौरमा आज दिउसो भएको गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको वताइएको छ । पोस्तोलवाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन...बाँकी

‘भारत भ्रमण सफल र फलदायी’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण सफल भएको बताउनुभएको छ । चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा प्रधानमन्त्रीस्तरमा भएको...बाँकी

बिपी जयन्तीको अवसरमा बिबिध कार्यक्रम

नेपाली कांग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक वी.पी. कोईरालाको १०५ औं जन्म जयन्तीको अवसरमा आईतबार विचार गोष्ठी कार्यक्रम गरी बनाईएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको विचार गोष्ठीमा निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायतलगायत जिल्लास्तरीय...बाँकी

संझनामा बिपी

  नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानिया राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले...बाँकी