राजनीति

स्थानीय पत्रपत्रिकाः मकवानपुर आएर प्रचण्डले देखाए समृद्धिको सपना, हेटौंडा खानेपानी बोर्डमा स्तनपान कक्ष

हेटौंडाबाट प्रकाशित भएका दैनिक पत्रिकाहरुले हिजो पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष मकवानपुरमा आयोजित एक कार्यक्रममा राखिएको भनाइसम्बन्धी प्रसङ्गलाई सबै पत्रिकाले मुख्य समाचार बनाएर छापेका छन् । मकवानपुरको मनहरी–९ रजैयामा रहेको ओम श्री वातावरण शुद्धीकरण अभियान अग्नि होत्राश्रमको सातौं वार्षिकोत्सव उद्घाटन तथा चाणक्य भवन उद्घाटन कार्यक्रममा सहभागी हुन हिजो रजैया आएका...बाँकी

मकवानपुरको रजैयामा पुगेका प्रचण्डले यसो भने

   नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारले अब ६ महिनाभित्रमा देख्ने गरी काम गर्ने बताएका छन् । मकवानपुर जिल्लाको मनहरी–९ रजैयामा रहेको ओम वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको बार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै उनले मुलुक पाँच बर्षभित्रमा सम्मृद्ध हुने बताए । पुर्ब पस्चिम रेलमार्ग संभव रहेको भन्दै उनले चांडै...बाँकी

बलात्कार बिरुद्ध युवा शक्ति चिन्तित

नयाँ शक्तिनिकट युवा शक्तिले बलात्कार लगायतका बिषयमा चिन्ता जनाएको छ । प्रदेश नम्बर ३ ले १३ वटै जिल्लाका प्रशासन कार्यालय मार्फत् बलात्कार, महिला हिंसा जस्ता घटनाहरु रोक्न र पिडकलाई हदैसम्मको कारवाही माग गर्दै ज्ञापन पत्र बुझाएको छ हो । युवा शक्ति नेपाल प्रदेश ३ का अध्यक्ष तुफान बिक्रम क्षेत्री (दिपशक्ति)ले...बाँकी

पत्रकारद्वारा प्रेस स्वतन्त्रताको माग

नेपाल पत्रकार महासंघ मकवानपुर साखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएक कानुन परिमार्जन गर्न माग गर्दै आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रज्ञानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारले आज प्रमुख जिल्ला अधिकारी असमान तामाङ...बाँकी

मानवसेवा आश्रमको कार्यक्रममा मुख्यमन्त्रीले यसो भने

हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको शिक्षा, स्वास्थ्य, खाने, लाउने र बस्ने व्यवस्था पहिलो प्राथामिकता भएको बताउनुभएको छ । मानव सेवा आश्रमद्वारा हेटौंडामा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशको समग्र विकासका लागि भौतिक विकाससंगै जनताको पनि बिकास हुनुपर्ने बताउनुभयो । ३ नम्बर प्रदेशलाई सडक मानवमुक्त प्रदेश...बाँकी

केही मन्त्रीहरुको पद धरापमा : प्रचण्डले गरे खुलासा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् । देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ । आफ्नै निवास खुमलटारमो पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसारको काम गर्नका लागि आवश्यक परे मन्त्रीहरूको हेरफेर हुनसक्ने बताएका...बाँकी

प्रदेश तीनको संसद बैठक : छिटो प्रदेशको राजधानी टुंगाउन सांसदहरुको माग

    प्रदेश नम्बर तीनको मंगलबार बसेको बैठकमा तीन नम्बर प्रदेशको राजधानीको बिषयमा सांसदहरुले आफ्ना धारणा राखेका छन् । साउनको पहिलो साता नै प्रदेशको राजधानीको कुरा टुंगाउनु पर्ने भएपछि हेटौंडाका अधिकारकर्मी धुब्र चौलागाईले अदालतमा मुद्दा हालेपछि जिल्ला अदालत मकवानपुरले हालका लागि राजधानी खोज्ने कुरा नगर्न अन्तरिक आदेश जारी गरेको थियो...बाँकी

नेकपाका अध्यक्ष प्रचण्ड मनहरी आउने

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड बुधबार मकवानपुरको मनहरीस्थित रजैयामा आउने भएका छन् । मनहरी गाउँपालिका वडा नं ९ रजैयामा रहेको ओम् श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्री आश्रमको सातौँ वार्षिक उत्सव कार्यक्रमको औपचारिक उद्घाटनका लागि प्रचण्ड आउन लागेका हुन् । प्रचण्ड हेटौंडा हुदै मनहरी जाने आयोजकहरुले मंगलबार गरेको पत्रकार...बाँकी