राजनीति

के भयो नेकपाको प्रदेश तीनको बैठकमा ?

नेपाल कम्युनिट पार्टि (नेकपा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार बसेको छ । बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दिर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताउनुभएको छ । उहा“ले योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । हाल प्रदेश सभाबाट...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशसभामा स्थायी राजधानीबारे चासो

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशसभामा सोमबार भएका गतिविधिलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले प्रदेशसभामा बलात्कारीलाई कारबाहीदेखि स्थायी राजधानीको बारेमा प्रदेश सांसदले आवाज उठाएको प्रसङ्गलाई छापेको छ । दिनहुँजसो भइरहेको बलात्कारको घटनामा संलग्नलाई कडा काराबाही गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् । त्यसैगरी...बाँकी

नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट बनाउँछुः प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउन लागेको बताएका छन् । वीरगन्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको सोमबार उद्घाटन गर्दै खनालले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्नका लागि कुनै कसुर बाँकी नराख्ने बताए । अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा...बाँकी

यस्तो निर्णय गर्यो तीन नम्बर प्रदेशको मन्त्रीपरिषदले

प्रदेश नम्बर तीनको मन्त्रीपरिषद् बैठक सोमबार बसेको छ । बैठक मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले ६ वटा निर्णय गरेको हो । बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धमा कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गने स्वीकृत गर्ने, प्रदेश खेलकुल विकास गर्ने सम्बन्धमा बनेको विधेयकको अवधारण...बाँकी

प्रदेश सभामा तीन बिधेयक पेश

  हेटौंडामा रहेको प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकमा दुई विधेयक दफावार छलफलपछि पेश भएका छन् । विषयगत समितिमा पठाईएका दुई विधेयक दफावार छलफलपछि आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेश भएको हो । प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा, स्वास्थ्य तथा...बाँकी

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ...बाँकी

स्थानीय पत्रपत्रिकाः ‘सरकारलाई असफल बनाउने षड्यन्त्रले बलात्कार’

आज हेटौंडाबाट प्रकशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक तीज कार्यक्रममा गरेको भाषणसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिनानुदिन बढ्दै गएको बलात्कारको घटना सरकारलाई असफल...बाँकी

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक...बाँकी