राजनीति

राजधानी सार्न नदिन सबै सर्वपक्षीय दबाब आवश्यकः बानियाँ

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न नदिन सर्वपक्षीय आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन मकवानपुरको आयोजना बुधबार हेटौंडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले प्रदेशको राजधानी हेटौंडाबाट सार्ने चलखेल भएको भन्दै त्यसतर्फ सचेत हुन...बाँकी

नेकपाको बैठक स्थगित

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि...बाँकी

स्ववियु हेटौंडा क्याम्पसद्वारा शुभकामना

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा नजिकिँदै गरेको चाडपर्व विजया दशमी, दिपावली एवं छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । मंगलबार क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष कमानसिं पाख्रिन ‘पृथक’ को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रिनले चाडपर्वलाई सभ्य रुपले मनाउन सबैलाई अनुरोध...बाँकी

बामदेवका लागि छाडे रामबिरले

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई छाड्ने भएका छन्। उनले जसरी पनि अब वमदेवलाई जिताएरै छोड्ने बताएका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विकासका लागि आफूले सांसद पद छोड्न लागेको दाबी उनले गरे। पत्रकारले वामदेवले जित्ने आधार के छ...बाँकी

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’

राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति...बाँकी

वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै

नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् । मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन्...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी हेटौंडा राख्न दबाब

हेटौंडाबाट आज प्रकाशित पत्रपत्रिकाहरुले ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समितिले ५वटा जिल्लाको अध्ययन गरी प्रतिवेदन सोमबारको प्रदेशसभामा बुझाएको र हेटौंडालाई नै राजधानी स्थायी गर्नुपर्ने माग गर्दै नागरिकहरुले दबाब दिएको समाचारलाई प्रमुखताका साथ छापेका छन् । राजधानी सम्भाव्यता समितिको प्रतिवेदन प्रदेशसभामा गएसँगै हेटौंडाबाट अन्यत्र राजधानी नसार्न माग गर्दै विरोधका स्वरहरु...बाँकी

प्रदेशको स्थायी राजधानी संबिधान अनुसार : सभामुख श्रेष्ठ

प्रदेश ३ का सभामुख सानूकुमार श्रेष्ठले संबिधान अनुसार नै प्रदेश तीनको स्थायी राजधानी तय हुने बताएका छन् ।सोमबार हेटौंडामा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले प्रदेश ३ को स्थायी राजधानीको विषयमा उच्च अदालत पाटन हेटौंडा अदालतमा मुद्दा विचाराधिन रहेको भएपनि श्रेष्ठले प्रदेशको राजधानीको विषय अदालतको नभएको बताए ।...बाँकी