नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशपछि मंगलबार रिहा भएका छन् । विश्वकर्मालाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेर सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको स्रोतले जनाएको छ...बाँकी
निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्च स्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै...बाँकी
नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन्। प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा मणिराज गौतम, महिला उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा सिर्जना नेपाल चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा...बाँकी
प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क...बाँकी
हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले कार्यबहाक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले हिजो मकवानपुरको भीमफेदी आएर बोलेको समाचारलाई प्राथमिकताको साथ छापेका छन् । साथै मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने भनिएको औद्योगिक व्यापार मेलामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मेला राक्ने चेतावनी दिएको समाचार पनि छापिएको छ व्यापार मेलामा बढी...बाँकी
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुक सम्मृद्धिको दिशामा अगाडि बढिसकेको बताउनु भएको छ । मकवानपुरको भीमफेदीमा रहेको महेन्द्र माद्यमिक बिद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उहाँले पाँचबर्षभित्रमा मुलुकले सम्मृद्धिको दिशा हासिल गरेर छाड्ने बताउनुभयो । उहाँले अपराधमा संलग्नहरुलाई सरकार कानुन अनुसार कठोर कारवाही गर्ने बताउनुभएको छ। भीमफेदीमा यसै बर्षदेखि संचालन...बाँकी
उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।...बाँकी
ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्। ऊर्जामन्त्री पुनको रुचि नहुदानहुँदै प्रधानमन्त्रीकै विशेष पहलमा मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय गरेको हो। गत वैशाख २५ गते मन्त्री...बाँकी