नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उहाँहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको...बाँकी
प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउन सजिलो नभएको बताएका छन्। क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा संचालित न्यूज क्लब नेपालको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउन दबाब दिने गरी कलम चलाउन मकवानपुरका पत्रकारलाई आग्रह गरेका छन् । देशमा भएका हरेक कुरामा पत्रकारको...बाँकी
“मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का पार्टी सदस्य अर्जुन बहादुर थपलियाको १३औ दिनको अवसरमा श्रध्दाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १४का पार्टी अध्यक्ष तिलक बहादुर मोक्तानको सभा अध्यक्ष ,भउको कार्यक्रमको प्रमुख अथिती प्रदेश सभा सांसद प्रेम बहादुर पुलामी रहेका थिए। कार्यक्रममा प्रदेश सांसद ललित...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउँपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र बाटिकाको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले बाटिकाको विकास लागि योजना बनाउनुपर्ने बताउनुभयो । योजना बनाएर ल्याए प्रदेश सरकारले पार्करुपमा बिकास गर्न बजेट विनियोजन गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले...बाँकी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज,...बाँकी
प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभित्र रहेका गाउँपालिकामा एक/एक जना कानुनी सहजकर्ता नियुक्ति गर्ने भएको छ ।‘प्रदेश सरकारको पहिचान नागरिकलाई नि:शुल्क कानुनी सहायता अभियान’ कार्यक्रमअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकामा कानुनी सहजकर्ता नियुक्ति गर्न लागेको हो । कानुन विषयमा स्नातक वा प्रवीणता प्रमाणपत्र उत्तीर्ण व्यक्तिहरूलाई कानुनी सहजकर्तामा राख्न...बाँकी