राजनीति

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका...बाँकी

खल्तीबाट चिट निकालेर परियोजनाका लागि वजेट विनियोजन हुँदैन–मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुने परिपाटिको अन्त्य हुने बताउनुभएको छ । यसअ अघि परियोजनाको छलफल नै नगरी बजेट विनियोजन हुने गरेको भन्दै यसलाई सुधार गरिने उहाँको भनाई थियो । ३ नम्बर प्रदेशका मुख्यमन्त्री एबम् नीति तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलको...बाँकी

रुख काटे हत्यारा : सांसद खतिवडा

    नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा पूर्वाधार विना नै रुख कटान गर्न हतार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले विमानस्थलको डिपीआर तयार नहुदै रुख काट्न नहुने बताउनु भयो । ‘निर्माण लागत, खर्च कसले व्यहोर्ने...बाँकी

कर्मचारी अभावले काम गर्न समस्या भयो : मन्त्री दुलाल

तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले कर्मचारी अभावका कारणका गर्न समस्या भएको बताएका छन् । बुधबार उक्त मन्त्रालयले आफ्नो द्वैमासिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारी अभावले बजेट परिचालनमा समस्या रहेको बताए। ८२ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ४० जना मात्र कर्मचारी रहेको बताउँदै उनले...बाँकी

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड...बाँकी

बन्दका कारण यातायात प्रभावित

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी...बाँकी

ओलीले भेटे ट्रम्पलाई, न्यूयोर्कमा दुई मिनेट कुराकानी

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो । स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त...बाँकी

‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’

 गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उहाँले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्री थापाले...बाँकी