संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । उनले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिएका छन् । संवैधानिक, कानुनी र लोक सेवा आयोग...बाँकी
३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषदको बैठक भोलीबाट हेटौँडामा हुने भएको छ । भोलीको कार्यक्रमलाई लक्षित गर्दै मुख्यमन्त्री डोरमणि पौडेल सिमरा हुँदै हेटौंडा आइसकेका छन । भोलीबाट हुने बैठकमा प्रदेश नम्बर ३ का सम्पूर्ण स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षहरु र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ ।...बाँकी
स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार...बाँकी
गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे संसदलाई जानकारी दिँदै उनले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने बताए । 'शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक आवागमनलाई अवरोध...बाँकी
प्रदेश ३ को राजधानी तथा नामको विषयले यतिखेर चर्चा पाइरहेको छ । हेटौंडाबाट राजधानी सार्ने वा हेटौंडा कायम गर्ने भन्ने विषयमा सांसदहरुका बिचमा चर्चा भइरहेको बेला नामको विषयले पनि स्थान पाएको छ । प्रदेशसभामा दर्ता भएका नाम तीनवटा छन् । गौरीशंकर, नेवा–ताम्सालिङ र नेपाल मण्डल राख्नुपर्ने भन्दै प्रदेशसभामा छुट्टाछुट्टै प्रस्ताव...बाँकी
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघरमण्डलदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले...बाँकी
बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना...बाँकी
सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप...बाँकी