समाज

हेटौंडा १२ मा झाडापखाला र ज्वरोको समस्या

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को कल्याणटारका समुदायमा झाडापखाला र ज्वरोको समस्या देखिएको छ । दुई दिनदेखि कल्याणटारका ३५ जनामा झाडापखाला र ज्वारोको समस्या देखिएको वडा सदस्य भुवन खनालले जानकारी दिनुभएको छ । स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार गराए पनि निको हुन नसकेको खनालले बताउनुभयो । खानेपानी दुषित भएकाले...बाँकी

बिहिबार हेटौंडाका १२ स्थानमा दादुरा रुवेला खोप लगाइँदै

हेटौंडाः आज बिहिबार हेटौंडा उपमहानगरपालिकाका १२ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । जेठ २९ गतेदेखि सुरु भएको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । आज वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर ५ को बालज्योति मावि, वडा नम्बर ८ को कमाने स्वास्थ्य केन्द्र, वडा नम्बर ९ को...बाँकी

हेटौंडा १२ का क्वारेन्टाइन खालि

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाले सञ्चालनमा ल्याएको तीनवटा क्वारेन्टाइन अहिले खाली भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका पहिलो चरणका ९ जना १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षणमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि घर पठाइएसँगै क्वारेन्टाइन खाली भएको वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभएको छ । पछिल्लो समय दिल्लीबाट...बाँकी

जुवातास खेलिरहेको बेला मकवानपुरका एक महिला पक्राउ

टोखा नगरपालिका वडा नम्बर ११ बानियाटारबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मकवानपुरका एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीया बसुन्धरा केसी रहेका छन् । उनलाई टोखा नगरपालिका–११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका...बाँकी

बकैया गाउँपालिकाले कृषि यान्त्रिकरण सामाग्री वितरण

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले कृषि यान्त्रिकरण सामाग्री १२ वटा कृषक समुहहरुलाई वितरण गरेको छ । आज बुधबार गाउँपालिकाले जोत्नका लागि प्रयोग गरिने मिनि ट्रिलर ५ थान, कोदो चुट्ने ठेसर ३ थान र मकै छोडाउने मेशिन ३ थान कृषक समुहहरुलाई वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो । गाउँपालिकाले कृषक समुहरुलाई...बाँकी

मकवानपुरमा रक्तदान कार्यक्रम हुने

 हेटौंडाः लकडाउनको समयमा यहि असार ६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पंतनजलि योग जिल्ला समितिको आयोजनामा मकवानपुरमा रक्तदान कार्यक्रम हुने भएको हो । लकडाउनमा सामजिक दुरीका साथै स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम, रक्तसञ्चार केन्द्र हेटौंडा शाखामै गरिने पंतनजलि योग समितिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । छैठौं अन्तराष्ट्रिय योग...बाँकी

छुटेको तथ्यांक सच्याएपछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजारले बढ्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् । तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको...बाँकी

भिमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आरडिटि परिक्षण

 भीमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आज यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) माध्यमबाट कोरोनाको परीक्षण भएको छ । भीमफेदी गाउँपालिकाले आज कारागारको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । कारागारको क्वारेन्टाइमा बसेका ८ जनाको परीक्षण गर्दा रिपोर्ट नेगिटिभ आएको छ । हालसम्म भीमफेदी गाउँपालिकामा हालसम्म १ सय...बाँकी