समाज

हेटौंडा ३ नम्बर वडा कार्यालयले राहत सामग्री वितरण

हेटौंडा ३ नम्बर वडा कार्यालयले आइतबार राहत सामग्री वितरण गरिएको छ । वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संकलित राहत वितरण गरिएको हो । कोषमा वडा सहित स्थानीय व्यक्तिहरुले पनि सहयोग उपलब्ध गराएका थिए । वडाको १५ वटा टोल विकास संस्थामा रहेका एक सय ५० परिवारलाई राहत सामाग्री वितरण...बाँकी

पेट्रोल २७ रुपैयाँमा किनेर ९६ रुपैयाँमा बिक्री

२७.५७ रुपैयाँमा किनेको एक लिटर पेट्रोलमा सरकारलाई डेढ गुणा अर्थात् ४२.७३ रुपैयाँ कर, आयल निगमलाई करिब ६० प्रतिशत अर्थात् १६.१७ र पेट्रोलपम्पलाई ३.७० रुपैयाँ नाफा, उपभोक्तालाई करिब चार गुणा मूल्य नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा एकैपटक १० रुपैयाँ मूल्य घटाए पनि अझै चरम नाफा खाइरहेको खुलेको छ । इन्डियन...बाँकी

महाकालीपारि दुर्दशामा हजार नेपाली

 क्वारेन्टाइनका नाममा भारतीय प्रशासनले नेपालीलाई अमानवीय शिविरमा राखेको छ, कुनै एकलाई संक्रमण भए हजारजना जोखिममा भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ? भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका...बाँकी

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

वासिङ्टन डिसी : अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा...बाँकी

सुदूरपश्‍चिमका नाकाबाटै भित्रिएका थिए डेढ लाख नेपाली

काठमाडौंः कारोना भाइरस (कोभिड १९) को संन्त्रास सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्‍न नाका भएर ठूलो संख्याका नेपाली भारतबाट फर्किएका छन्। पछिल्लो २५ दिनयता मात्रै सुदूरपश्‍चिम प्रदेशका विभिन्‍न नाका हुदैँ कामका शिलसिलामा भारत गएका करिब डेढ लाख नेपाली स्वदेश फर्किएका हुन्। सुदूरपश्‍चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकारले...बाँकी

धनगढीका संक्रमितको परिवारका ७ जनामा देखिएन कोरोना

धनगढी — दुबईबाट फर्केर आएका धनगढीका कोरोना संक्रमित युवाको परिवारमा कोरोना परीक्षण नेगेटिभ देखिएको छ । यी युवाको परिवारका ८ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनकी ३४ वर्षीया भाउजुमा संक्रमण देखिएपछि उनलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा ल्याइससकिएको छ । युवाकी...बाँकी

दादुराबाट धादिङमा दुई जनाको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी

  धादिङ — डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी...बाँकी

युवा ब्यवसायी गौतमले घर भाडा नलिने

हेटौंडा ७ का युवा ब्यवसायी विजय गौतमले एक महिनाको घर भाडा नलिने भएका छन् । उनले आफनो घरमा बस्ने २ परिवारको एक महिनाको भाडा बापत २० हजार रुपैयाँ नलिने घोषणा गरेका हुन् । समाजिक कार्यमा समेत सक्रिय गौतमले देश नै संकटमा रहेको बेला आफ्नो तर्फबाट गर्न सकिने सहयोग सबैले गर्नुपर्ने बताए...बाँकी