समाज

न्युयोर्कमा १५ दिनभित्र चारजना नेपालीले ज्यान गुमाए

काठमाडौं : अमेरिकाको न्युयोर्क सहरमा बस्दै आएका नेपाली मूलका चार नेपाली भाषीले १५ दिनको बीचमा ज्यान गुमाएका छन्। पछिल्लो पटक न्युयोर्क निवासी अजयमान छोंचुँको आइतबार उपचारका क्रममा निधन भएको छ। छोंचुँको एल्महसर्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केहीदिनदेखि बिरामी उनको अवस्था गम्भीर थियो । छोंचुँको उपचारका क्रममा निधन भएको...बाँकी

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु

 भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित बीएम इँटाभट्टाको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । इँटाभट्टामा इँट बनाउन चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उदयपुरको गाइँघाट नपा ४ आमटार घर भई हाल सोही इँटाभट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर...बाँकी

विस्थापित मजदुरलाई छाक टार्न समस्या

धादिङ : बस्तीभरिका मानिसहरू एक ठाउँ जम्मा भएर गिटी कुटिरहेका छन्। गिटी कुट्नेको समूहमा १० बर्षे बालकदेखि ६५ वर्षे वृद्धसम्म छन्। यो दैनिकी हो, २०७२ को भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर त्रिपुरासुन्दरी गाउँपालिका–१ पौवाडिलमा अस्थायी शिविरमा बसिरहेका विस्थापितहरूको। भूकम्पपछि उत्तरी धादिङको लापा, झार्लाङलगायतका अति जोखिममा परेका बस्तीबाट सुरक्षित रहन उनीहरू...बाँकी

नेपाली कांग्रेस राक्सिराङले विपद् व्यवस्थापन कोषमा १ लाख सहयोग गर्ने

राक्सिराङ :  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलिन नदिन सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान राख्दै राक्सिराङ गाँउपालिका विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस राक्सिराङ गाँउपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैया राक्सिराङ विपद व्यवस्थापन खातामा जम्मा गर्ने प्रतिवद्धता गरेका छन् ।...बाँकी

विदेशबाट फर्किएका नागरिक गाउँमा छ्याप्छ्याप्ती, तर रित्ता छन् क्वारेन्टाइन

विदेशबाट फर्किएका नागरिकले लमजुङका गाउँ भरिँदै गएका छन्। तर, कोरोना संक्रमणको आशंकामा विदेशबाट आएका नागरिकलाई राख्नको लागि यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भने खाली छन्। यहाँका ८ स्थानीय तहले ९ सय ४९ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन्। तर क्वारेन्टाइनमा बस्नेको संङ्ख्या अहिलेसम्म ४६ मात्रै रहेको लमजुङका सहायक प्रमुख जिल्ला...बाँकी

लकडाउनलाई साथ दिएका सुकुम्बासी भन्छन् ‘तत्काल राहत नपाए भोकै मर्नुको विकल्प छैन’

कोरोना भाईरस (कोभिड –१९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पोखराका सुकुम्बासी बस्तीहरुले पूर्ण साथ दिएका छन् । बाहिरी मानिसलाई टोल भित्र छिर्न नदिने र प्रवेश गर्दा साबुन पानीले हातमुख धोएर सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । वडा नम्बर ९को बसपार्क छेउमा रहेको कृष्ण टोलमा दुईसय भन्दा धेरै घर९छाप्रा०मा सुकुम्वासी...बाँकी

राहत वितरणमा अनियमितता भएको भन्दै झडप

इटहरी : राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ । दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार...बाँकी

लकडाउनमा मजदुरको चिन्ता– रोगले भन्दा भोकले मरिने भो

जाजरकोट : दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिबेला लकडाउनको पीडामा छ। उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ । खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन्, दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिनदेखि काममा गएको छैन ।...बाँकी