समाज

कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए। यसअघि बोर्डले...बाँकी

कोरोनाले ग्रस्त बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना गरियो

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको...बाँकी

अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका...बाँकी

थपिएको लकडाउनमा पुरानै पासबाट आवागमन गर्न पाइने

काठमाडौँ — सरकारले लकडाउन अवधिभर यसअघि जारी गरिएका सवारी पासलाई नै निरन्तरता दिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा उत्पन्न भिडभाड नियन्त्रण गर्न यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो । सोमबार सरकारले वैशाख ३ गतेसम्म्का लागि दोस्रो...बाँकी

आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी २ साता संक्रमणको जोखिम उच्च रहेको बताउँदै सजगता अपनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै सबै एकजुट...बाँकी

नेकपा राक्सिराङले गर्यो २ लाख बराबरको खाद्यान्न सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँ कमिटि मकवानपुरले राक्सिराङ गाउँपालिकालाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले २ सातादेखि लकडाउन गरेयता चेपाङ बाहुल्य रहेको राक्सिराङका जनताले खाद्यान्नको अभाव ब्यहोर्न थालेपछि नेकपाले सहयोग गरेको नेकपा राक्सिराङका इन्चार्ज बनस्थम थिङले बताए । इन्चार्ज...बाँकी

कोभिड-१९ को संकटलाई अवसरमा बदल्दै रोजगारमुखी बजेट

नेपाली जनशक्तिलाई उपयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कोभिड १९ ले जबरजस्त दबाब सिर्जना गराएको छ। भारतले नाकाबन्दी लगाउँदा नेपालले आफूलाई आत्मनिर्भर हुन योगदान गर्ने अवसर आएको थियो। तर त्यो अवसर चुकेको छ।’ कोभिड १९ पछिको नेपालमा वैदेशिक रोजगारी र अध्ययनको शिलसिलामा विदेशमा रहेको करीव ५० लाख जनशक्ति एकै पटक...बाँकी

भिमफेदी गाउँपालिकामा कपडाको माक्स र साबुन वितरण

हेटौंडा :  मकवानपुरको भीमफेदी गाँउपालिकाका  वडा नं–४ का समाजसेवी सरोज थापा र अहेव संघ मकवानपुर जिल्ला सदस्य एवम् लामा हेल्थ क्लिनिक सञ्चालक विशाल लामाले संयुक्त रुपमा कपडाको मास्क र हात धुने साबुन वितरण  गरेका छन् । व्यक्तिगत खर्चमा भीमफेदी गाँउपालिकाका स्थानीयहरुलाई वितरण गर्न ४० हजार बराबरको मास्क र साबुन गाँउपालिकाका...बाँकी