समाज

थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको...बाँकी

३०५ कैदीवन्दी छुटे

काठमाडौं : कोरोना भाईरस ९कोभिड(१९० को महामारी फैलन नदिन सरकारले सर्वोच्च अदालतको आदेश अनुसार हालसम्म तीन सय पाँच जना कैदीवन्दीलाई छाडेको छ। कारागार व्यवस्थापन विभागका अनुसार देशभरका विभिन्न कारागारबाट शुक्रबार तीन सय ५० जनाले कैद मुक्त हुन निवेदन दिएपनि सर्वोच्च अदालतको आदेशलाई टेकेर तीन सय पाँच जना छाडिएको छ। विभागका...बाँकी

बागमती प्रदेशका २०३ आइसोलेसनमा

हेटौंडा : कोरोना संक्रमणको आशंकामा बागमती प्रदेशका २ सय ३ जना आइसोलेसनमा राखिएको छ। चितवनमा १ सय ६१, ललितपुरमा २६, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा ५, काभ्रेमा ३, मकवानपुरमा र नुवाकोटमा १र१ जना आइसोलेसनमा छन्। ती मध्ये १ सय ३३ जनाको स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा १ सय ११ जनाको रिपोर्ट नेगेटिभ...बाँकी

लकडाउन अटेर गरी बजार खुलाइयो

जनकपुरधाम : नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ। तर महोत्तरीस्थित औरही नगरपालिका अन्तर्गत औरही बजार निर्वाध रुपमा खुलिरहेको छ। गत सोमवार सर्वदलीय सर्वपक्षीय भेलाबाट कम्तिमा तीन फिटको दुरी कायम गरी खाद्यान्न सामग्री र तरकारी विक्रि वितरण गर्ने निर्णय गरिएपनि उल्लघन...बाँकी

निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९०)को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए । भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको...बाँकी

लकडाउनको मौका छोपी मारियो हात्ती र गोही

काठमाडौँ — लकडाउनको फाइदा उठाउँदै चोरी सिकार नहोस् भनेर निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि यही बीचमा चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज नजिकै करेन्ट लगाएर हात्ती मारिएको छ । चितवन निकुञ्जको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएको भेटिएको निकुञ्जका...बाँकी

रोग र भोकविरुद्ध सँगसँगै लडाइँ

काठमाडौँ — मान्छेलाई रोग र भोकको समस्या एकैचोटि भयो भने के होला । त्यो खतरनाक हुन्छ । यतिबेला विश्वका अधिकांश देशहरुमा रोग (कोरोना) र भोकविरुद्धको लडाइँ छ । भाइरसको महामारी फैलिएपछि विश्व बैंक, एशियाली विकास बैंक, आइएमएफ, विश्व आर्थिक मंचले अब आउने आर्थिक मन्दीले व्यापक रोजगार गुम्ने खतरा रहेको औँल्याएका...बाँकी

सिन्धुपाल्चोकमा पेट्रोलको कालाबजारी गर्ने पक्राउ

सिन्धुपाल्चोक : बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी...बाँकी