समाज

हेटौंडाका निजी अस्पतालहरु बन्द,सरकारीमा न्युन बिरामी

बागमती प्रदेशको राजधानी हेटौंडामा आधा दर्जन निजी अस्पतालको कुनै पनि कक्षमा बिरामी छैन । आकस्मिक कक्ष खुल्ला गरिएपनि रुघाखोकी र ज्वरोका बिरामीको उपचार गर्न अप्ठ्यारो मान्छन् । हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालमा पनि बिरामीको चाप घटेको छ । दैनिक पाँचसय बढि बिरामी आउने गरकोमा हाल दैनिक मुश्किलले एकसय जना बिरामी...बाँकी

कोरोनाको संकट : जहाज चार्टर्ड गरेर तीन दिनभित्र ल्याइँदै स्वास्थ्य सामग्री

 काठमाडौं : नोभल कोरोना भाइरसको सम्भावित संकटसँग जुध्न सरकारले अत्यावाश्यकीय सामाग्री छिमेकी दुई मुलुक चीन र भारतबाट तीन दिनभित्र ल्याउने तयारी थालेको छ। ती सामाग्री ल्याउनका लागि सरकारले दुवै छिमेकीलाई काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासमार्फत् पत्राचार गरिसकेको छ। चीन र भारत जुन देशले छिटो ती सामान दिन्छन्, त्यहीँबाट ल्याउने तयारीमा...बाँकी

भारतको जनता कर्फ्युले पूर्वी नाका सुनसान

काँकडभिट्टा — आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकडभिट्टा नाका सुनसान भएको छ । भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् । सर्वसाधारणको आवागमन ठप्प...बाँकी

कोरोना भाइरस अध्ययन गर्नसक्ने मेसिन प्रयोगबिहिन

हेटौंडा÷बिज्ञको अभावमा कोरोना लगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरुप परिवर्तनबारे थाहा पाउनसक्ने मेसिन  हेटौंडामा उपयोग हुन सकेको छैन । भाइरस ब्याक्टेरिया, प्यारसाइटहरुको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न हेटौँडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा...बाँकी

मिनीट्रक र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु

काभ्रे — साँगामा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा आइतबार बाबुछोराको मृत्यु भएको छ । बनेपाबाट सांँगातर्फ आउँदै गरेको बा.५.ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.५७।प ७२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बाबुछोराको मृत्यु भएको हो । गम्भीर घाइते उदयपुरको रौतामाई गाउँपालिका ४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनको...बाँकी

हिरासतमा जन्मिएकी डेढ महिनाकी जेलिसालाई त्यहीँ राख्‍ने हो सरकार 

संखुवासभा : वरिपरी अग्लो र फराकिलो पर्खालले घेरेको, ढोकामा ठूला–ठूला ताल्चा लगाइएको घरमा सयौं मानिसको माझमा उनको नामाकरण भयो। नाम जुराउने पण्डित उनी जस्तै बन्दी थिए, विभिन्न अपराधमा जीवन बिताउँदै गरेका करिब ११५ जना कैदी, पोष्ट–पोष्टमा बसेका १५ जना जति सुरक्षाकर्मी। त्यसैले होला–उनीहरुले सानी शिशुको नाम जुराए, ‘जेलिसा’। संखुवासभा जिल्लाको...बाँकी

नेपाल स्काउटद्वरा ह्याण्ड वास स्टेसन सञ्चालन

नेपाल स्काउट प्रधान कार्यालय काठमाडौको सहयोगमा हेटौंडा ओपन स्काउट क्रियूको पहलमा हेटौंडामा कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ ।                                                  ...बाँकी

प्रतिभा क्लबले सार्वजनिक स्थानमा सवारी एवं पैदल यात्रीलाई हात धुनको निमितत्त पानी टंकी

विभिन्न सामाजिक कार्यमा सक्रिय जिल्लाकै सबैभन्दा पुरानो क्लब प्रतिभा क्लबले सफा रहौं, सफा गरौं सावधानी अपनाऔं , कोरोना भाईरस वाट आफू बचौं अरुलाई पनि बचाऔं , हात धोयर जाऔं भम्ने मुल नाराका साथ क्लबले सार्वजनिक स्थानमा सवारी एवं पैदल यात्रीलाई हात धुनको निमितत्त पानी टंकी राखेको छ । उद्घाटन कार्यक्रममा...बाँकी